आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर गौतम/ नयाँ कार्यसमितिको विवरण सहित
काठमाडौँ – नेपाल आयुर्वेद चिकित्सक संघको एघारौँ राष्ट्रिय सम्मेलन बाट नयाँ कार्यकारिणी समिति चयन भएको छ। सम्मेलनले संघको ११औँ कार्यकालका लागि डा. शंकर गौतमको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. रमेश पौडेल, महिला उपाध्यक्षमा डा. सृजना श्रेष्ठ, महासचिवमा डा. ॠषिकेशव भुसाल, सचिवमा डा. दिपक कुमार मण्डल र कोषाध्यक्षमा डा. सिजन कोजु चयन भएका छन।
त्यसै गरी, सातै प्रदेशका लागि उपाध्यक्षहरू पनि चयन गरिएको छ। कोशी प्रदेश उपाध्यक्षमा डा. विजय कुमार सिंह, मधेस प्रदेशमा डा. शिव नारायण गुप्ता, बागमती प्रदेशमा डा. देवेन्द्र कुमार यादव, गण्डकी प्रदेशमा डा. नरेन्द्र लामिछाने, लुम्बिनी प्रदेशमा डा. कैलाश न्यौपाने, कर्णाली प्रदेशमा डा. सुदर्शन पोख्रेल तथा सुदूरपश्चिम प्रदेशमा डा. हिमाल भट्ट चयन भएका छन।
केन्द्रीय सदस्यहरूमा महिला सदस्यका रूपमा डा. सदिच्छा पन्त, आदिवासी/जनजाति सदस्यमा डा. प्रशान्त श्रेष्ठ, मधेसी सदस्यमा डा. सरोज राय यादव तथा दलित/अपाङ्ग/पिछडिएका वर्ग तर्फबाट डा. नवराज जोशी चयन भएका छन।
यस्तै, खुल्ला सदस्य तर्फ डा. सन्तोष खनाल, डा. राजन ज्ञवाली, डा. योगेश ढकाल, डा. सुजित कर्ण, डा. प्रज्ञा पौडेल र डा. केशव न्यौपाने चयन भएका छन।
नवनिर्वाचित कार्यसमितिले आयुर्वेद चिकित्सा क्षेत्रको प्रवर्द्धन, सेवा विस्तार तथा नीति सुधारमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस