डेंगी निको भएकामा कपाल झर्ने, छाला सुख्खा हुने, चिलाउने र विमिराको समस्या


काठमाडौं–डेंगु निको भइ सकेकाहरू मध्ये केहि व्यक्तिमा कमजोरी, हाड – जोर्नी – मांसपेशी दुखाइ लगायतका स्वास्थ्य जटिलता वाहेक कपाल झर्ने छाला सुख्खा हुने, चिलाउने बिमिरा जस्ता समस्या समेत देखिन थालिएको छ ।

केहि महिला डेगु संक्रमण निको भए पछि आफनो कपाल झर्न थालेको समस्या लिएर आउने गरेको बरिष्ठ छालारोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण वताउँछन्।

यस्तै डेगु संक्रमण पछि सामान्य रुपमा एक देखी डेढ महिना सम्म छाला सुख्खा हुने, चिलाउने बिमिरा आउने लगायतका समस्या समेत देखिन सक्छ ।

डेंगु वाट संक्रमण भएका व्यक्तिहरूमा रोग लागेको समय मेटावोलिक तनावको कारण एलोपेसिया(कपाल झर्ने) समेत हुन सक्ने जनाउदै डा.कर्ण भन्छन –‘आत्तिनु पर्दैन, डेंगुले गर्दा उत्पन्न कपाल झर्ने समस्या स्थायी हुदैन ।’

तर रोग प्रतिरोधक क्षमता कम वा कमजोर भएको व्यक्तिमा डेगु संक्रमणले कपाललाई नोक्सान हुन सक्छ ।
डेंगु निको भइ सकेकाहरूले पौष्टिक खानपान र स्वस्थकर तरल पदार्थ पर्याप्त मात्रामा सेवन गर्नुपर्ने डा.कर्ण वताउँछन् ।

छाला र कपाल संग सम्वन्धित समस्या सामान्यतया डेगु संक्रमण ठिक भएको एक डेढ महिना पछि आफै निको हुने औंल्याउंदै डा.कर्ण भन्छन–‘ यदि कपाल झर्ने लगायतका छाला संग सम्वन्धित समस्या बढी समय सम्म कायम रहे अथवा कडा रुपमा नै देखिए छाला रोग विशेषज्ञको सल्लाह लिन सकिन्छ ।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!