गाम्बियामा ६६ बालबालिकाको मृत्यु भारतमा निर्मित चार कफ सिरप सँग जोडिएको हुन सक्ने डब्ल्यूएचओको चेतावनी

डब्ल्यूएचओ का महानिर्देशक डा . टेड्रोसले बुधबार सञ्चार माध्यम लाई भने कि भारत मा निर्मीत चार वटा कफ सिरप संभावित रूपमा मृगौला संग सम्बंधित समस्या ( एक्युट किड्नी इन्जुरी ) र ६६ बालबालिकाको मृत्युसँग जोडिएको छ


नयाँ दिल्ली – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पश्चिम अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भारतमा बनेको चार कफ सिरपसँग जोडिएको हुन सक्ने चेतावनी दिएको छ ।

यसपछि भारतको केन्द्र सरकारले हरियाणा स्थित एक फर्मास्विटिकल कम्पनिमा उत्पादित कफ सिरप को जाच सुरु गरेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका उच्च स्रोतहरूको अनुसार डब्ल्यूएचओले कफ सिरपको बारेमा ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) लाई असोज १३ गते नै सचेत गराएको हो ।

स्रोतहरू को अनुसार डीसीजीआई तुरुन्तै हरियाणा नियामक प्राधिकरणसँग यो मुद्दा उठाएर विस्तृत अनुसन्धान सुरु गरेको छ ।

स्रोत को अनुसार कफ सिरप हरियाणा को सोनीपतमा रहेको मेसर्स मेडेन फार्मास्युटिकल लिमिटेडले उत्पादन गरेको हो।

स्रोतका अनुसार हाल सम्म प्राप्त जानकारी अनुसार फर्मले यी उत्पादन गाम्बियामा मात्रै निर्यात गरेको देखिएको छ। कम्पनीले अहिलेसम्म आरोपको जवाफ दिएको छैन।

डब्ल्यूएचओले चेतावनी दिएको छ कि सिरप पश्चिम अफ्रिकी देश बाहिर पनि पठाइएको हुन सक्छ र यसले विश्वव्यापी जोखिम सम्भव छ।

डब्ल्यूएचओ का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले बुधबार सञ्चार माध्यम लाई भने कि चार वटा कफ सिरप संभावित रूपमा मृगौला संग सम्बंधित समस्या ( एक्युट किड्नी इन्जुरी ) र ६६ बालबालिकाको मृत्युसँग जोडिएको छ।

डब्लुएचओको चेतावनी अनुसार ती कफ सिरप ‘प्रो मेथाजित ओरल सोल्युसन, कोफेक्स मेलिन वेवी कफ सिरप, मेकोफ बेवी कफ सिरप, मग्रिप एन कोल्ड सिरप छन्।
डब्ल्यूएचओले अहिलेसम्म मृत्युसँग सम्बन्धित केसहरूको विस्तृत जानकारी नदिएको परिवार कल्याण मन्त्रालय स्रोतले जनाएको छ। अहिले सम्म डब्ल्यूएचओले यी मृत्यु कहिले भएको हो भन्ने बारे जानकारी समेत दिएको छैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!