घाँटीमा मासु अड्केर मृत्यु हुने को संख्या २ पुग्यो/मासु अड्किएर लमजुङ मा ४९ वर्षीय पुरुषको मृत्यु


लमजुङ -मर्स्याङ्दी गाउँ पालिका-९ सिम्पानी तबै का ४९ वर्षीय शम्शेर बहादुर परियारको राँगोको मासु खाँदा घाँटीमा अड्किएर मृत्यु भएको छ ।
मासु सहितको ह्याकुला लाई निल्ने क्रम मा घाँटीमा अड्किएर परियार को मृत्यु भएको हो ।

अष्टमीको दिउँसो गत सोमबार राँगो काटेको र घरमा चौटा खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई स्थानीय मेडिकलमा लगिएको थियो ।

मेडिकलमा उपचार हुन नसक्दा बेंसी सहर स्थित जिल्ला अस्पताल लमजुङमा ल्याएको थियो ।

अस्पतालमा उपचार गर्न जाँच गराउने क्रममा उनको मृत्यु भएको डाक्टर ले घोषणा गरेका थिए । प्रहरीका अनुसार मृतकको पोस्टमार्टम पछि मंगलबार परिवारलाई बुझाइएको छ ।

यस अघि चितवन कालिका नगर पालिका का  ५० वर्षीय धनबहादुर दानी क्षेत्रीको पनि सोमबार घाँटी मा मासु अड्किएर मृत्यु भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!