बिरामीको मृत्यू पछि सिएमसी को शिक्षण अस्पताल मा तोडफोड /चिकित्सकको लापरबाहिले बिरामीको मृत्यु भएको आरोप


चितवन- चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तोड़फोड भएको छ ।

भरतपुर महानगरपालिका – १३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ अस्पतालमा मृत्युभएको थियो ।

विरोध प्रदर्शन गर्न आएका मृतक का आफन्त लगायत स्थानीय व्यक्तिले अस्पतालमा मंगलबार दिउँसो चिकित्सक ले लापरबाही गरेका कारणले बिरामीको मृत्यु भएको भन्दै तोडफोड गरेका हुन ।

प्याङ्गक्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे कुँवर भर्ना भएको अस्पताल ले जनाएको छ ।

कुँवरको स्वास्थ्य जटिल हुँदै विभिन्न अंगहरूले काम नगरेका कारण सोमबार साँझ मृत्यू भएको अस्पताल ले जनायो ।

अस्पतालको तेस्रो तलामा रहेको मेडिकल आईसीयूमा तोडफोड भएको हो । घटना पछि प्रहरीले १३ जनालई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!