वैज्ञानिक स्वान्ते पाबोले जिते चिकित्सा शास्त्र को नोबेलपुरस्कार


काठमाडौं – वैज्ञानिक स्वान्ते पाबोले सन् २०२२ को चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार जितेका छन् । 

यो अवार्ड उनको खोज  ‘कंसर्निंग द जीनोम ऑफ एक्सटिंक्ट होमिनिंस एंड ह्यूमन इवॉल्यूशन’, अर्थात ‘विलुप्त होमिनिन्स र मानव विकासको जीनोमहरू बारे’, को लागी प्रदान गरिएको हो। 

पाबोले  विलुप्त भइ सकेका नेदेरल्याण्डका पूर्वजहरुको जेनेटिक कोड पत्ता लगाएका हुन । उनले यसअघि पनि पहिले कहिल्यै पत्ता नलागेका ‘डेनिसोभन्स’ पूर्वज पत्ता लगाएका थिए ।

यो पुरस्कार विज्ञानको संसारमा सबैभन्दा महत्त्वपूर्ण पुरस्कार मध्ये एक हो । रोयटर्सका अनुसार यो अवार्ड स्वीडेनको कारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्बली द्वारा  दिइन्छ । 

यसमा करिब १० मिलियन स्वीडिश क्राउन्स अर्थात ९ लाख अमेरीकी डलर को पुरस्कार प्रदान गरिन्छ।  यस वर्षको नोबेल पुरस्कारको यो पहिलो घोषणा हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!