डेंगु :संक्रमित ३० हजार १ सय ८६/मृत्यु ३९


काठमाडौँ – नेपालमा डेंगुबाट संक्रमित हुनेको संख्या आईतवार सम्म ३० हजार १ सय ८६ पुगेको छ भने ३९ जनाको मृत्यु समेत भइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्याडक अनुसार प्रदेश १ मा ८ सय २९, मधेसमा ४ सय १३, वाग्मतीमा २१ हजार ९ सय ७५, गण्डकीमा ६ सय ७७, लुम्बिनीमा ३ हजार १ सय २५, कर्णालीमा २ सय ३८ र सुदूरपश्चिममा ५ सय ५० जना मा सक्रमण देखिएका छन् ।

हजारभन्दा माथि सक्रिय संक्रमित रहेको पाँच वटा जिल्ला छन् । यस अन्तर्गत सबैभन्दा बढी काठमाडौ जिल्लामा ९ हजार ५ सय २६ केश, ललितपुर ६ हजार ५ सय ४८, मकवानपूर २ हजार ७ सय ६६, दाङ्ग १हजार ४सय ७३ र भक्तपुर मा १ हजार १ सय १० जना मा हाल सम्म संक्रमण देखिएको छ ।

०६१ सालमा पहिलो पटक डेंगुका बिरामी देखिएका थिए । यसपछि यो संक्रमण निरन्तर देखी राखिएको छ ।

पछिल्लो पटक सन् २०१९ मा ६६ जिल्ला गरी १७ हजार ९ सय ९२ जनामा डेङ्गु संक्रमण देखिएको थियो भने ६ जना को मृत्यु समेत भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!