गोविन्द मेहताको नेतृत्वमा नेपाल फार्मेसी संघ काठमाडौँको नयाँ कार्यसमिति चयन


काठमाडौँ- नेपाल फार्मेसी संघ काठमाडौँ जिल्लाको दोस्रो जिल्ला भेलाले गोविन्द मेहताको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। शनिबार सम्पन्न भेलाले मेहताको नेतृत्वमा सशक्त कार्यसमिति विस्तार गरेको हो।

नवगठित कार्यसमितिको उपाध्यक्षमा सन्तोष पौडेल र हिमानी ठाकुर चयन भएका छन्। त्यस्तै, महासचिवमा कमल पाण्डे, सचिवमा सुभाषमणि जोशी र सागर पौडेल तथा कोषाध्यक्षमा रमेश नेपाल र सहकोषाध्यक्षमा विनोद सिंह चयन भएका छन्।

कार्य समिति सदस्यहरूमा क्षितिज भण्डारी, पवन धमला, सन्तोष दाहाल, नरेन्द्र भण्डारी, अभिषेक थापा, जानकी साउद, बिनीत गौतम, दिनेश प्याकुरेल, कमल बगाडी, रिमा थापा, सन्तोष घिमिरे, बिमल कुमार चौधरी, अरविन्द कुमार अग्रहरी र संगम रावत रहेका छन ।

नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो। कार्यक्रममा संघका सल्लाहकार वरिष्ठ फार्मासिस्ट बाबुराम हुमागाईं तथा वरिष्ठ फार्मासिस्ट विवेकसिंह महत विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

काठमाडौँ जिल्ला भरिका अस्पताल फार्मेसीका विभागीय प्रमुख, फार्मासिस्ट तथा फार्मेसी सहायकहरूको उल्लेख्य उपस्थितिमा कार्यक्रम सौहार्दपूर्ण रूपमा सम्पन्न भएको संघले जनाएको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!