७७ जिल्लामा पुग्यो डेंगु, कुल संक्रमणको ६१.९१ प्रतिशत भार उपत्यकामा, ३६ जनाको मृत्यु, झण्डै २८ हजार संक्रमित


काठमाडौं–नेपालमा डेंगुको विस्तार ७७ जिल्ला मै भइ सकेको छ भने यसले ३६ जनाको ज्यान समेत लिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार मुस्ताङ जिल्लामा समेत डेगु देखिए पछि यो मुलुकको सवै ७७ जिल्लामा पुगि सकेको हो ।

हाल मुलुकभर देखिएको कुल संक्रमणको ६१.९१ प्रतिशत भार उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला छ ।

मंगलवार सम्मको तथ्याङ्क अनुसार उपत्यका अन्तर्गत काठमाडौं जिल्लामा सर्वाधिक ९ हजार ४ सय ९६, ललितपुरमा ६ हजार ४ सय ९८ र भक्तपुर जिल्लामा १ हजार ७६ डेगु संक्रमित देखिएको छ ।

उपत्यका वाहिर बढी मात्रामा मकवानपुरमा २ हजार ६ सय ९१ र दाङ्गमा १ हजार ४ सय १० संक्रमण देखिएको हो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!