विद्यार्थीलाई केन्द्रीय अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट


काठमाडौँ – स्वास्थ्य मन्त्रालयले विद्यार्थीहरूलाई केन्द्रीय अस्पतालको बहिरंग विभाग (ओपीडी ) को टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले गत आईतवार मन्त्रीस्तरीय निर्णय गर्दै ५० प्रतिशत छुटको व्यवस्था गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार हाललाई मन्त्रालय अन्तर्गतका केन्द्रीय अस्पतालमा यो छुट लागू हुने छ । यस्तै प्रदेश र स्थानीय तहलाई पनि छुट दिनका लागि अनुरोघ गरिने छ ।प्रदेश र स्थानीय तहमा त्यहीँको सरकारले विद्यार्थीलाई छुट दिने निर्णय गर्नुपर्छ ।

एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रेस विज्ञप्ति जारी गर्दै विद्यार्थीहरू लाई अस्पताल को ओपीडी टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!