विश्व स्वास्थ्य संगठनमा २ हजार भन्दा बढी कर्मचारी हटाइने


जेनेभा – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी वर्षको मध्य सम्म आफ्ना कर्मचारी संख्यामा ठूलो कटौती गर्ने तयारी गरेको छ। संस्थाले हाल विश्वभर  रहेको  कर्मचारी मध्ये झन्डै २२ प्रतिशत घटाउने योजना सार्वजनिक गरेको हो।

डब्ल्यूएचओका अनुसार करिब २ हजार ३ सय ७१ पद हटाइँदा सन २०२५ सुरुमा रहेको ९ हजार ४०१ कर्मचारी संख्या झरेर करिब ७ हजारमा सीमित हुनेछ। संगठनले वित्तीय दबाब बढ्दै गएको र बजेट पुनःसंरचनाको आवश्यकता देखिएको कारण यस्तो निर्णय लिएको बताइएको छ।

यसै बीच, सबै भन्दा ठूलो सहयोगी राष्ट्र अमेरिकाले संगठन छाड्ने घोषणा गरे पछि डब्ल्यूएचओको आयमा असर परेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले २०२५ जनवरीमा सत्ता सम्हाल्ने बित्तिकै डब्ल्यूएचओ बाट बाहिरिने सम्बन्धी आधिकारिक प्रक्रिया अघि सारेको थियो।(एजेन्सी)


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!