७६ जिल्लामा फैलिएको डेंगुले ३२ को मृत्यु /अझै सरकारले डेंगु लाई प्रकोप ठानेन

हाल सम्म साढे २५ हजार भन्दा बढीमा देखिएको डेंगु संक्रमण अझै एक महिना सम्म जानेछ


काठमाडौँ – नेपालको ७६ जिल्लामा फैलिसकेको डेंगु संक्रमण ले ३२ जनाको मृत्यु भएको छ ।सोमबार सम्ममा २५ हजार ५ सय ४३ जनामा डेंगु पुष्टि भएको हो ।

तर हाल सम्म सरकार ले यसलाई प्रकोप घोषणा गरेको छैन । जबकि सरकारको आधिकारिक निकायले नै यसलाई महामारी घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाइसकेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार हाल सम्म सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९ सय १० जनामा डेंगु संक्रमण भएको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८ सय ८७, सुदूरपश्चिममा ८ सय ४, प्रदेश १ मा ७ सय ७५, गण्डकीमा ५ सय ५६, मधेशमा ३ सय ८० र कर्णालीमा २ सय ३१ जनामा डेंगु संक्रमण भएको हो ।
नेपालमा पहिलो पटक २

०६१ सालमा पहिलो पटक डेंगुका बिरामी देखिएका थिए । यसपछि यो संक्रमण निरन्तर देखी राखिएको छ । पछिल्लो पटक सन् २०१९ मा ६६ जिल्ला गरी १७ हजार ९ सय ९२ जनामा डेङ्गु संक्रमण देखिएको थियो भने ६ जना को मृत्यु समेत भएको थियो ।

चिकित्साकर्मीहरुको अनुसार हाल काठमाडौँ उपत्यकाको घरमा डेंगु संक्रमित छन् ।इपिडिमियोलोजीले डेंगु लाई महामारी घोषणा गर्न स्वास्थ्य मन्त्रालय पत्र पठाए पनि अझैसम्म यसलाई ‘प्रकोप’ घोषणा गरिएको छैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!