रोबोटिक देखि लेप्रोस्कोपिक प्रविधि सम्म: ६ सय सर्जनको काठमाडौँमा साझा मञ्च


काठमाडौँ – नेपाल शल्यचिकित्सक समाजले मंसिर ४ देखि ६ गते सम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। समाज स्थापना भएको तीन दशक पछि आयोजित यो १६ औं संस्करणमा नेपालका वरिष्ठ देखि नयाँ पुस्ता सम्मका शल्यचिकित्सक सँगै विदेशका विशेषज्ञको सहभागिता थियो।

भारत, चीन, अमेरिका, वेलायत, जर्मनी, रसिया, सिंगापुर, इजिप्ट लगायत देशबाट सहभागी आएका थिए। कुल मिलाएर झन्डै ६ सय चिकित्सक उपस्थित रहे। सम्मेलनमा रोबोटिक सर्जरी, लेप्रोस्कोपिक प्रविधि, अन्य आधुनिक विधि र शल्यचिकित्सा क्षेत्रमा भइरहेको अनुसन्धानबारे कार्यपत्र र प्रस्तुति पेश गरियो। कार्यक्रममा १७७ शोधपत्र, २७ पोस्टर, ६८ अतिथि वक्तव्य र १५ नवीन विधिका भिडियो प्रस्तुति भएका थिए।

पहिलो दिनको सत्र राष्ट्रिय मेडिकल साइन्सेस प्रतिष्ठान र वीर अस्पतालको सह आयोजनामा सम्पन्न भयो। त्यसमा वीर अस्पतालको सर्जरी विभागले लेप्रोस्कोपिक सेवा र यसको विस्तारबारे अनुभव बाँड्यो।

महासचिव डा. अनिप जोशीका अनुसार सम्मेलनमा नेपालमा रोबोटिक सर्जरी सुरु गर्ने तयारी देखि राष्ट्रिय सर्जरी योजना मार्फत कर्णालीका ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा पुर्‍याउने विषयमा विस्तृत छलफल भयो। वेलायत र स्कटल्यान्डका रोयल कलेजका पदाधिकारी सहित विभिन्न देशका १४ वरिष्ठ सर्जनलाई मानार्थ फेलोसिप प्रदान गरिएको उनले बताए।

सम्मेलनको समापन सँगै वर्तमान अध्यक्ष डा. रोमियो कंसाकारले आगामी कार्यकारिणी अध्यक्षका रूपमा चयन भएका डा. रोबिन जोशीलाई २०२६ जनवरी १ देखि लागू हुने गरी पद हस्तान्तरण गरे।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!