सरकारले शताब्दी पुरुष जोशीलाई नर्स उपलब्ध गराउने


काठमाडौ – नेपाल सरकारले संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्स उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् को शुक्रबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयबाट एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको हो ।विगत केही दिनदेखि जोशी डेंगु संक्रमणले गर्दा अस्पतालमा भर्ना छन् ।

उनी मुटु तथा फोक्सोका रोगी समेत हुन् । पछिल्लो केही महिना देखी उनी घर बाहिर हिडडूल गर्न सक्ने अवस्थामा छैनन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!