डा. कल्पना कुमारी श्रेष्ठ सहीद धर्मभक्त प्रत्यारोपण केन्द्रकी नयाँ कार्यकारी निर्देशक


काठमाडौँ – सरकारले भक्तपुर स्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिसमा सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट (मिर्गौला रोग विशेषज्ञ) डा. श्रेष्ठलाई केंद्रको कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो।

यस अघि उक्त पद वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठले सम्हालेका थिए। उनी अवकाश पछि पद केही समयदेखि रिक्त थियो।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!