श्रीमानले दिएको मृगौलाले जीवन पाएकी महिला अस्पताल वाट डिस्चार्ज/पोखराको चौथो मृगौला प्रत्यारोपण पनि पुर्ण सफल


पोखरा– श्रीमानको मृगौला दानमा पाएर प्रत्यारोपण गराएकी महिला अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छिन । तनहुका ४६ वर्षिय महिलालाई उनका ५० वर्षिय श्रीमानले मृगौला दिएका हुन ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा चौथो पटक भएको मृगौला प्रत्यारोपण समेत सत प्रतिशत सफल भएको छ भने त्यहा हाल सम्म गरिएको ४ वटा प्रत्यारोपणमा दुई जना मृगौला दाता पुरुष छन भने दुइ जना मृगौला दाता महिला छिन ।

हाल सम्म देशभरको तथ्याङ्क अनुसार ८० प्रतिशत सम्म मृगौला दाता महिला र ८० प्रतिशत अंग ग्रहणकर्ता पुरुष रहेको अवस्थामा पोखराको तथ्याङ्क सुखद संकेत रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ बताउँछ।

हाल पोखरामा प्रत्यारोपणको संख्या सानो भएकोले यति छिटो निक्र्यौल गर्नु नहुने भए पनि यसलाई शुभ संकेतको रुपमा लिनु पर्ने समेत उनि वताउँछन् ।

‘महिला र पुरुष अंग दाता र ग्रहणकर्ता वरावरी अवस्थामा भएको खुशी को कुरा हो, यसरी नै महिलाले प्रत्यारोपण गर्न पाउने र पुरुषले अंगदान गर्न पाउने क्रम जारी रहनु पर्छ’, डा.पुकार भन्छन । डा.पुकार कै नेतृत्वमा प्रत्यारोपण केन्द्रका टोलीले हाल सम्म चार वटा सफल प्रत्यारोपण गरेको हो ।

काठमाडौं उपत्यका बाहिरको सरकारी स्वास्थ्य निकाय अन्तर्गत पोखरामा मात्र प्रत्यारोपण केन्द्रको सहयोगमा मृगौला प्रत्यारोपण भएको छ ।

प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा प्रत्यारोपण र डायलासिस सेवा विस्तार अन्तर्गत पोखरामा निरन्तर प्रत्यारोपण गरिरहेको छ ।

डा.पुकारको अनुसार चाडै त्यहाँका चिकित्सक आत्म निर्भर भएर विना कुनै सहयोगले आफै प्रत्यारोपण गर्न सक्षम हुनेछन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!