अढाइ महिना यता कोभिडले पहिलो मृत्यु

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा ५४ वर्षीया महिलाको मृत्यु भएको हो


काठमाडौं – करिव अढाइ महिना पछि कोभिड संक्रमण ले एक जनाको ज्यान  गएको छ । स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोभिडले गर्दा थप एक जनाको ज्यान गएको हो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  २०७९ साल वैशाख २१ गते पछि प्रयोगशाला प्रमाणित कोभिडले मृत्यु भएको यो पहिलो घटना हो। यो सँगै हाल सम्म कोभिड ले मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५३ पुगेको छ।
देशभर गरिएको १ हजार ४ सय ७३ पीसीआर र १ हजार  ५ सय ६८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ ।  देशभर हाल १ हजार ४ सय ३९ जना सक्रिय  संक्रमित छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!