डा. गोविन्द केसी र सरकार विच सहमती /२०औं अनसन १३ औ दिनमा तोडियो


काठमाडौँ — सरकार र डा. गोविन्द केसी बीच १० बुँदे सहमति भए पछि १३ दिनदेखि जारी उनको अनशन शनिबार राति तोडिएको छ ।

सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद मा पेस गर्ने सम्झौता पनि भएको छ ।डा.केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

केसीका माग हरु मध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बर्खास्त गर्ने विषयमा कुनै सहमति भएकोछै।

डा. केसीले समय सीमा भित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पत्रकार सम्मेलनमा दिए ।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।

धनगढी स्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा शुरू भएको सत्याग्रहको चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थाले पछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो ।

अस्पतालले स्वास्थ्य समस्या देखिएको भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि केसी अनशन को १० औं दिन काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!