सरकारले ११ देशका राजदूत फिर्ता बोलायो, जर्मनीका डा.शैल रुपाखेती पनि सूचीमा


काठमाडौँ – सरकारले जर्मनीका राजदूत डा. शैल रुपाखेती सहित ११ देशका राजनीतिक रूपमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। डा. रूपाखेती पेसाले चिकित्सक हुन ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

निर्णय अनुसार जर्मनी, अमेरिका, चीन, रुस, बेलायत, जापान, इजरायल, कतार, मलेसिया, साउदी अरब र स्पेनका राजदूतलाई तीन साता अर्थात कात्तिक २० गते भित्र नेपाल फर्कन भनिएको छ ।

फिर्ता बोलाइएका मध्ये जर्मनीमा डा. शैल रुपाखेती, अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्णप्रसाद ओली, रुसमा जंगबहादुर चौहान, बेलायतमा चन्द्रकुमार घिमिरे, जापानमा दुर्गाबहादुर सुवेदी, इजरायलमा धनप्रसाद पण्डित, कतारमा रमेशचन्द्र पौडेल, मलेसियामा नेत्रप्रसाद तिमिल्सिना, साउदी अरबमा नरेशविक्रम ढकाल र स्पेनमा सनिल नेपाल रहेका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!