लाइसेन्स परिक्षामा ५८ प्रतिसत डाक्टर फेल


काठमाडौं– नेपाल मेडिकल काउन्सिलले लिएको स्नातक स्तरको लाइसेन्स परिक्षामा झण्डै ५८ प्रतिसत डाक्टर फेल भएका छन ।

काउन्सिलको विहिवार देखी तिन दिन सम्म जारी ६४ औं लाइसेन्स परिक्षामा एमविविएस र विडिएस गरी जम्मा २ हजार ३९ जनाले परिक्षा दिदा ५७.६७ प्रतिसत अर्थात १ हजार १ सय ७६ जना डाक्टर फेल भएका छन।

काउन्सिलको अनुसार उक्त परिक्षाको लागि २ हजार ६० डाक्टर ले फर्म भरे पनि २१ जनाले परिक्षा दिएनन भने एक जनाको परिक्षा परिणाम ‘विथ हेल्ड’, छ ।

काउन्सिलको परिक्षामा एमविविएस तर्फ १ हजार ६ सय ८६ जनाले परिक्षा दिदा ५६.१० प्रतिसत अर्थात ९ सय ४६ जना डाक्टर फेल भएका थिए ।

यस्तै दन्त चिकित्सा अन्तर्गत ३ सय ५३ जनाले परिक्षा दिदा ६५.१५ प्रतिसत अर्थात २ सय ३० जना दन्त चिकित्सक फेल भएका थिए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!