डा.पुकारको नेतृत्वमा हाल सम्मकै एक वर्षमा सर्वाधिक १८४ मृगौला प्रत्यारोपण


भक्तपुर – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकको रुपमा दोश्रो पटक कलेजो तथा मृगौला प्रत्यारोपन शल्य चिकित्सक डा.पुकार चन्द्र श्रेष्ठ नियुक्त भएको एक वर्ष यता हाल सम्म कै सवै भन्दा बढी १८४ जना को मृगौला प्रत्यारोपण भएकोछ। यस अन्तर्गत उपत्यका बाहिर पोखरामा समेत ४ जनाको मृगौला प्रत्यारोपण भएकोहो ।

प्रत्यारोपण केन्द्रका अनुसार कोभिडको माहामारी र औषधिको अभावका बीच समेत वर्ष दिनमा गरिएको हाल सम्म कै यो सवै भन्दा बढी मृगौला प्रत्यारोपण हो । केन्द्रमा एक वर्षमा ३जनाको कलेजो प्रत्यारोपण समेत भएको हो ।

यस अघि समेत डा पुकारकै नेतृत्वमा एक वर्षमा सर्वाधिक १७९ जनाको मृर्गौला प्रत्यारोपण भएको थियो ।

पछिल्लो एक वर्षमा प्रत्यारोपण केन्द्रमा डाइलाइसिस मेशीनको संख्यामा समेत धेरै बढी वृद्धि गरीएको छ ।

प्रत्यारोपण केन्द्रको अनुसार ३५ वटा डायलाइसिस मेसिन बाट हाल ७२ वटा मेशीन पुर्‍याईएको छ । यसरी अधिकांश मेसिन सञ्चालनमा ल्याएर हाल निःशुल्क डाइलाइसिसका दैनिक १ सय ५० जना विरामीहरु लाभान्वित भइ रहेका छन ।

लामो समय देखि स्थगित रहेको मस्तिष्क मृत्यूबाट हुने अंग दान र प्रत्यारोपण कार्य डा पुकारको पछिल्लो एक वर्षे कार्यकालमा फेरी सञ्चालन गरिएको छ । यस वर्ष मस्तिष्क मृत्यू भएका एक जना व्यक्तिको २ वटा मृर्गौला र १ वटा कलेजो प्रत्यारोपण भएकोहो ।

यस्तै ७ वटै प्रदेशमा मृर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजना अनुरुप सरकारले आफनो नीति तथा कार्यक्रममा प्रत्यारोपण केन्द्र लाई विस्तार गरिने घोषणा समेत गरेको छ ।

अर्थ मन्त्रीले यसै आर्थिक वर्षको बजेट भाषण मा केन्द्रलाई प्रत्यारोपण सम्बन्धि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानको रुपमा विकास गर्ने घोषणा समेत गरेका छन ।

केन्द्रको परिसर अत्यन्त साघुरो भएकोले नयाँ जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाउदै केन्द्रले हाल उपलब्ध जग्गाको समेत उचित उपयोग गर्न संरचना बनाउने तयारी भएको जनाएको छ ।
मुटुसेवा समेत शुरु
प्रत्यारोपण केन्द्रले मुटुको सेवा अन्तर्गत यो आर्थिक वर्षमा २ सय जना भन्दा बढीको एन्जियोग्राम तथा एन्जियोप्लास्टी भइ सकेको जनाएको छ ।

आगामी दिनमा कार्डियोलोजि विभागमा २० वटा बेड थप्ने योजना रहेको छ । यसले भक्तपुर र यसका पूर्वि जिल्लाहरुबाट आउने मुटुका विरामीहरुको लागि २४ सै घण्टा मुटुको सेवा उपलब्ध गराउन सकिने केन्द्रले जनाएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!