डा. संगीता कौशल मिश्र स्वास्थ्य मन्त्री नियुक्त, पाँच नयाँ मन्त्रीको सोमबार शपथ


काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गर्ने सिफारिस गरेकी छन्। मन्त्रिपरिषद् विस्तार अन्तर्गत डा. मिश्र सँगै पाँच जना मन्त्री थपिएका हुन् । उनी स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव थिइन्। मन्त्री बन्न मार्ग प्रशस्त गर्न उनले आइतबार नै आफ्नो पदबाट राजीनामा समेत दिएकी थिइन्।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल कि निर्देशक, नेसनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) मा एसोसिएट प्रोफेसर, स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्र हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव माग कार्यरत थिइन्।

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ (एमडी) रहेकी डा. मिश्र अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयबाट जन स्वास्थ्यमा स्नातकोत्तर (एमपीएच) समेत गरेकी छिन् ।

मन्त्रिपरिषद् विस्तारसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई दिने निर्णय गरिएको छ। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा वरिष्ठ पत्रकार जगदीश खरेल सिफारिस भएका छन्। त्यस्तै, कृषिमन्त्रीमा मदन परियार र उद्योग तथा भूमिसुधार मन्त्रीमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको नाम टुंगो लगाइएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, नयाँ मन्त्रीहरूको शपथ सोमबार हुने तय भएको छ। यस अघि मन्त्रिपरिषद मा प्रधानमन्त्री सहित चार सदस्य मात्र रहेका थिए। पाँच नयाँ सदस्य थपिए पछि मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!