स्वास्थ्य पत्रकार प्रवीण ढकाल लाई ‘रोटरी जोर्नो अवार्ड’


काठमाडौं – स्वास्थ्य पत्रकार प्रवीण ढकाल ‘रोटरी जोर्नो अवार्ड’ बाट सम्मानित भएका छन्। 

राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले स्वास्थ्य खवर पत्रिकाका सम्पादक ढकाललाई स्वास्थ्य तर्फको विधामा अवार्ड प्रदान गरेको हो। ढकालले सम्मान पत्रसहित २५ हजार राशीको पुरस्कार पाएका छन्।

पत्रकारितामार्फत समाजलाई योगदान पुर्‍याएको भन्दै उक्त अवार्ड प्रदान गरिएको रोटरीले जनाएको छ।

यस्तै रोटरीले स्वास्थ्य, आर्थिक, शिक्षा, वातावरण  महिला विधामा कलम चलाउने पत्रकारलाई समेत २५ हजार राशी सहितको सम्मान पत्र प्रदान गरेको हो। 

आर्थिक तर्फ शरदचन्द्र भण्डारी, वातावरण तर्फ मिथिलेस यादव, शिक्षा तर्फ शेषकान्त पण्डित र महिला तर्फ दुर्गा देवकोटाले रोटरी जर्नो अवार्ड पाएका छन्। 

यस्तै रोटरीले सात प्रदेशमा एक – एक जना पत्रकारलाई २० हजार राशीको पुरस्कार पनि प्रदान गरेको छ। 
यस अन्तर्गत प्रदेश १ बाट अर्जुन कुमार आचार्य, मधेश प्रदेशबाट नेहा झा, बागमती प्रदेशबाट नवराज छत्कुली, गण्डकी प्रदेशबाट कोपिला कँडेल, लुम्बिनी प्रदेशबाट डिलाराम भुसाल, कर्णाली प्रदेशबाट सरिता चलाउने र सुदूरपश्चिम प्रदेशबाट हरिष विक सम्मानित भएका छन्।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!