प्रमाण आधारित चिकित्सा वारे अन्तर्राष्ट्रिय कार्यशाला


काठमाडौं – नेपालमा प्रमाण आधारित चिकित्सा लाई प्राथमिकताका साथ लागू गर्न चिकित्सक हरूको अन्तर्राष्ट्रिय कार्यशाला आयोजना हुने भएको छ ।

शनिवार (असोज ८ गते )देखि सुरु हुने दुई दिने कार्यशालामा बिदेश र स्वदेश का गरी करिब दुई सय विशेषज्ञहरूले आ-आफ्नो अनुभव साटासाट गर्ने आयोजकले जनाएका छन् ।

बेलायतको प्रतिष्ठित नाफा रहित संस्था ई-क्यान्सरले नेपालको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र निजामती कर्मचारी अस्पतालको सहकार्यमा अन्तर्राष्ट्रिय कार्यशाला गर्न लागेकोहो।

क्यानडा स्थित क्विन्स अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. विशाल ज्ञवाली र नेपालका रगत रोग विशेषज्ञ डा. विशेष पौड्‌यालको नेतृत्वमा यो कार्यशाला आयोजना हुन लागेकोहो ।

कार्यशालामा मुख्य रूप ले नेपाल का चिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरका अनुसन्धानात्मक लेखहरूलाई विश्लेषण गरेर कसरी बिरामीको स्वास्थ्य उपचार गर्ने भन्ने बारेमा जानकारी गराईनेछ ।

बिरामीको उपचार प्रमाणमा आधारित रहेर गर्नु पर्छ भन्ने मान्यतालाई मात्रै नभई चिकित्सक हरूको अनुसन्धानात्मक लेख बारेमा रहेको द्विविधा लाई सम्बोधन गर्न पनि कार्यशाला उपयोगी हुने डा. ज्ञवालीले बताए ।डा. ज्ञवाली प्रमाण आघारित चिकित्सालाई अन्तराष्ट्रिय रुपमा नै प्रवर्द्धन गरिरहेकाछन ।

कार्यशालामा अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक डा. ओफिरा गिन्वर्ग, बेलायतको किंग्स कलेजका इन्स्टिच्युट अफ क्यान्सर पोलिसिका निर्देशक प्रा. रिचर्ड सुलिभन, क्यानाडाको क्विन्स युनिभर्सिटी का क्रिस बुथ, स्कट बेरी एवं प्रिन्सेस मार्गेट क्यान्सर सेन्टरका प्रा.इएन ट्‌यानक सहभागि हुनेछन ।

यस्तै छिमेकी मुलुक भारतको कोलकाता स्थित टाटा मेडिकल सेन्टर कि वरिष्ठ साइक्याट्रिष्ट सौमित्रा दत्ता, चेन्नई स्थित अपोलो प्रोटोन क्यान्सर सेन्टर का मेडिकल अंकोलजिष्ट भवना सिरोही समेत कार्यशाला मा सहभागी हुने छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!