डा गोविन्द केसीले सरकारी हेलिकप्टर प्रयोग गरेनन / आफ्नै खर्चमा धनगढी वाट त्रिवि शिक्षण अस्पताल आउदै


काठमाडौं – स्वास्थ्य अवस्थामा दिनुहुँ जटिलता थपिँदै जाँदा सरकारले डा. गोविन्द केसीलाई घनगढीवाट विशेष हेलिकप्टरमा काठमाडौँ ल्याउने प्रयास गरेपनि केसी ले अस्वीकार गर्दै आफ्नै खर्चमा राजधानी आउँदैछन ।

धनगढीमा आमरण अनशनमा बसेका दशौं दिन डा. केसी काठमाडौ आउने भएका हुन् ।
‘सरकारले एयरलिफ्ट गर्न खोज्दा मान्नु भएको छैन उहाँ आफ्नै खर्चमा आज साझ ४:४५ बजेको फ्लाइटमा धनगढी बाट काठमाडौ आउदै हुनुहुन्छ ‘, डा केसी को उपचार प्रक्रियामा संलग्न डा.अमृत जैसी ले नेपाल हेल्थ प्रेस संग भने । काठमाडौँ पुगेपछि डा. केसीलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल लगिने छ । केही महिना अघिमात्र केसी शिक्षण अस्पताल को हाडजोर्नी विभाग बाट सेवा निवृत भएकाहुन् ।
कस्तो छ डा. केसी को स्वास्थ्य
अनशन को दशौं दिन डा.केसीको स्वास्थ्य अवस्था बारे सेती प्रादेशिक अस्पताल, कैलाली ले वुधवार जारी गरेको विज्ञप्ती अनुसार धेरै कमजोरी, टाउको दुखे, रिङटा लाग्ने, थकान लाग्ने, स्वास फेर्न गाह्रो हुने, छाती दुखे, पेट दुखे, शरिरको मांशपेशी दुख्ने, बाउडिने र सुक्दै गएको उल्लेख छ ।

यस्तै उनको मुटुको धडकन मा गडबडी, रक्तचाप घट्दै गएको, श्वासप्रश्वास दर बढ्दै गएको (२७ प्रति मिनेट), शरिरमा अक्सिजनको मात्रा कम हुदै गएको, तौल घट्दै गएको (१३ केजी घटेको) समेत जनाइएको छ ।

पेट दुखे र कालो दिशा भएको हुँदा कडा खालको अपार भई आन्तरिक रक्तश्राव भएको आशंका समेत गरिएको छ |

प्रयोगशाला रिपोर्टमा सुगर धेरै कम भएको, क्याल्सियम फस्फोरस म्याग्नेसियम कम र पिसाबमा किटोन वडी बढ्दै गएको समेत देखिएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!