भारतमा मंकीपक्स भाइरस देखियो


नयाँ दिल्ली –युरोपका धेरै देशमा चिन्ताको विषय बनेको मंकीपक्स  भाइरस भारतमा समेत प्रवेश गरेको छ । केरलाको कोल्लम जिल्लामा पहिलो पटक मंकिपक्स को संक्रमण पुष्टि भएको हो ।

केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले यो साता संयुक्त अरब इमिरेट्सबाट फर्किएका ३५ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए । संक्रमित व्यक्ति इमिरेट्सका एक व्यक्तिको सम्पर्कमा आएको विश्वास गरिएको छ, जसमा पहिले नै संक्रमण पुष्टि भइसकेको थियो।

पुणेको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीमा नमूना परीक्षण गरेपछि भारतमा यो केस पुष्टि भएको थियो । मंकी पक्सको बारेमा केरला लगायत देशका अन्य राज्यमा पनि अलर्ट जारी गरिएको छ ।

यस वर्षको जनवरीदेखि हाल सम्म ५० भन्दा बढी देशमा मंकी पक्स का  घटनाहरू रिपोर्ट गरिएका छन्‌। संक्रमण को एउटा केस आएपछि दिल्ली सरकारले एलएनजेपी अस्पताललाई दुर्लभ भाइरल संक्रमण को व्यवस्थापनको लागि नोडल केन्द्र बनाएको छ। एक वरिष्ठ स्वास्थ्य अधिकारीले भने कि हामी अलर्टमा छौं र यो गम्भीर संक्रमणलाई नियन्त्रण गर्न उपायहरू भइरहेको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!