चार सातामा ९ गुणाले बढ्यो सक्रिय संक्रमित र दैनिक संक्रमण दर  


काठमाडौं– मुलुकमा असार यता मंगलबार कोभिडको दैनिक संक्रमण दर र सक्रिय संक्रमित को संख्या झण्डै ९ गुणाले बढेको छ  ।  हाल देशभरी दिनहुँ देखि राखिएको कोभिड संक्रमणमा झण्डै आधा जति काठमाडौँ जिल्ला का छन ।  
असार गते ९७ जना सक्रिय संक्रमित र दैनिक संक्रमण दर(पिसिआर र एन्टीजेनगरी ०.६४ प्रतिशत रहेकोमा २८ दिन पछि मंगलबार दैनिक संक्रमण दर ५.६६ प्रतिशतमा पुगेको छ भने सक्रिय संक्रमित संख्या ८ सय ७३ भएको छ । 
देशभरीमा मंगलबार १ हजार ८ सय ५ नमुनाको पिसिआर परिक्षण गर्दा १ सय ४४ जना अर्थात ७.९७ प्रतिसत मा कोभिड संक्रमण देखिएको हो । यस्तै मंगलवार १ हजार ३ सय २१ नमुनाको एन्टिजेन परिक्षण गर्दा ३३ जना अर्थात २.४९ प्रतिसत मा कोभिड देखिएको हो । 
पिसिआर र एन्टिजेन गरी कुल ३ हजार १ सय २६ नमुनाको मंगलबार परिक्षण गर्दा ५.६६ प्रतिशत अर्थात १ सय ७७ जनामा कोभिड संक्रमण देखिएको हो । 
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चुमन लाल दासका अनुसार यो संक्रमण दर असार १ गतेको दाँजोमा ८.८४ गुणा बढी हो । असार २८ गते मंगलबार सक्रिय संक्रमितको संख्या समेत असार १ गतेको दाजोमा ९ गुणा भएको छ । 
मंगलवार देश भरीमा देखिएको कुल संक्रमितको ५०.८४ प्रतिशत अर्थात ९० जना काठमाडौंका छन । यस्तै मंगलबार भक्तपुरका १ जना र ललितपुरका १३ जनामा संक्रमण देखिएको थियो । 
मंगलबार इलाम, ओखलढुङ्गा, संखुवासभा, सुनसरी, धनषा, सिरहा, काठमाण्डौ, चितवन, दोलखा, नुवाकोट, भक्तपुर, ललितपुर, कास्की, गोरखा, पर्वत, वाग्लुङ्ग, स्याग्जा, अर्धाखाची, बाके, रुपन्देही, र कञ्चनपरवाट संकलित नमुनाहरुमा संक्रमण देखिएको हो । 
देश भरीमा मंगलबार १२ जना कोभिड संक्रमित सघन उपचारमा छन । वाग्मतीमा १० जना र सुदूर पश्चिममा १ जना आइसियुमा छन भने सुदुर पश्चिममा १ जना भेन्टिलेटरमा छन । 


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!