सरकारद्वारा पदक पाउने मध्ये ६.४१ प्रतिसत स्वास्थ्यकर्मी


काठमाडौँ – सरकारले संविधान दिवसको अवसर पारेर  विभूषण दिने निर्णय गरेकाहरुमा ६ . ४१ प्रतिसत स्वास्थ्यकर्मी छन  ।

स्वास्थ्य क्षेत्रमा मध्ये  यस पटक सुप्रवल जन सेवा श्री पदक वरिष्ठ वाल रोग विशेषज्ञ प्रा डा . आर.पी. विच्छा सहित १७ जनाले पाउने भएका छन ।

यस्तै कीर्तिमय राष्ट्रदीप पदकबाट १ जना, प्रवल जनसेवा श्री बाट २१ जना, जनसेवा श्री पदकबाट १९ जना, नेपाल सेवा प्रवीण बाट ५ जना र अति पौरख भास्कर पदकबाट एक जना विभूषित हुने भएका छन्।

यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका ९ सय ९८ व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको मध्ये ६४ जना  स्वास्थ्य क्षेत्रका हुन ।

भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय को आधारमा राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

घोषणा गरिएको विभूषण वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ ।राष्ट्र र जनताके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।

विभूषण पाउने स्वास्थ्यकर्मी हरु
सुप्रवल जनसेवा श्री :
१. प्रा.डा. आर.पी. बिच्छा (चिकित्सक)
२. प्रा.डा. तीर्थप्रसाद मिश्र (नेत्र चिकित्सक)
३. प्रा.डा. रमिला श्रेष्ठ, (चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल)
४. प्रा.डा. तुमाया घले श्रेष्ठ, मेसु गण्डकी मेडिकल कलेज पोखरा
५. प्रा.डा. संगीता भण्डारी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
६. प्रा.डा. राजीव झा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
७. प्रा.डा. पशुपति चौधरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
८. इन्द्रमणि पोखरेल (सहसचिव), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
९. डा. मनिषा रावल, निर्देशक शहीद शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल
१०. डा. अमिरबाबु श्रेष्ठ, निर्देशक परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल
११. डा. शैली प्रधान, डेन्टल सर्जन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
१२. डा. रविनबहादुर बस्नेत, युरो सर्जन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
१३. डा. कमल शर्मा लम्साल, मुटुरोग विशेषज्ञ निजामती कर्मचारी अस्पताल मिनभवन
१४. प्रा.डा. दीपक महरा, वरिष्ठ चिकित्सक त्रिवि शिक्षण अस्पताल
१५. डा. भुवनराज कुँवर, प्राविधिक सहायक रथी सैनिक अस्पताल पोखरा
१६. डा. रत्ना अधिकारी खत्री, प्राविधिक सहायक रथी सैनिक अस्पताल ईटहरी
१७. डा. सुन्दरप्रसाद होजु, प्राविधिक प्रहरी नायव महानिरीक्षक नेपाल प्रहरी अस्पताल महाराजगञ्ज

कीर्तिमय राष्ट्रदीप
१८. डा. रामकण्ठ माकजु श्रेष्ठ, चिकित्सक समाजसेवी काभ्रे
प्रवल जनसेवा श्री
१९. डा. विनोद पौडेल, प्राकृतिक चिकित्सक पोखरा महानगरपालिका पोखरा
२०. डा. अबुल हुसेन अन्सारी, चिकित्सक वीरगञ्ज
२१. विश्व मोहना गौतम, स्वास्थ्य सेवी पोखरा
२२. डा. श्रुती नेपाल, स्वास्थ्य सेवी काठमाडौँ
२३. नवराज पाण्डे, स्वास्थ्य व्यवसायी
२४. डा. उषा खाँड श्रेष्ठ, चिकित्सक टोखा नगरपालिका
२५. डा. लक्ष्मण दुवे, चिकित्सक बुटवल
२६. डा. सुवास पाण्डेय, मेसु बर्दिया अस्पताल
२७. डा. ईन्द्र ढकाल, मेसु लुम्बिनी प्रादेशिक अस्पताल बुटवल
२८. प्रा.डा. अनुपमा कार्की, वीर अस्पताल
२९. सागर दाहाल, वरिष्ठ जनस्वास्थ्य प्रशासक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३०. डा. सुमित्रा थापा, प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी अस्पताल बलम्बु
३१. डा. लक्ष्मी कटुवाल, प्रमुख मेडिकल निर्देशक राप्ती आँखा अस्पताल दाङ
३२. डा. अनुपमा थापा बस्नेत, कन्सलटेन्ट कान्ति बाल अस्पताल
३३. मोहमद सफिउल्लाह, महाप्रवन्धक नेपाल औषधि लिमिटेड
३४. डा. निरञ्जन पन्त, मेडिकल अधिकृत स्वास्थ्य सेवा विभाग
३५. लोकराज पाण्डेय, वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकु
३६. डा. शंकरप्रसाद रिजाल, प्रदेश आयुर्वेदिक औषधालय सुर्खेत
३७. रमाकुमारी गिरी, अस्पताल नर्सिङ निरीक्षक स्वास्थ्य कार्यालय कैलाली
३८. राधादेवी केसी, वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक प्युठान अस्पताल
३९. रम्भा सुब्बा, नर्सिङ अधिकृत कोशी अस्पताल विराटनगर

जनसेवा श्री
४०. छेपाल दोर्जे लामा, स्वास्थ्यसेवी हुम्ला
४१. लवदेव मिश्र, स्वास्थ्यसेवी कैलाली
४२. रमिता अधिकारी, स्वास्थ्यकर्मी मोरङ
४३. डा.नरबहादुर मौनी, चिकित्सक कैलाली
४४. डा. सुरेन्द्रजंग बस्नेत, चिकित्सक ललितपुर
४५. निर्मला शर्मा, अस्पताल नर्सिङ निरीक्षक काठमाडौँ
४६. डा. रोमन किदवाई, चिकित्सक बाँके
४७. डा. महेशमान श्रेष्ठ, चिकित्सक काठमाडौँ
४८. डा. मनोहर जोशी, चिकित्सक काठमाडौँ
४९. हेमा थापा, अस्पताल नर्सिङ निरीक्षक नारायणी अस्पताल पर्सा
५०. लक्ष्मी पन्त, अस्पताल नर्सिङ निरीक्षक जिल्ला अस्पताल डोटी
५१. विश्वबन्धु विनय, अहेव स्वास्थ्य सेवा विभाग काठमाडौँ
५२. प्रेमबहादुर सोमै, जनस्वास्थ्य निरीक्षक स्वास्थ्य कार्यालय जुम्ला
५३. सकिला श्रेष्ठ, मेडिकल रेकर्डर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान
५४. लक्ष्मीकुमारी मल्ल पुर्जा, अस्पताल निरीक्षक दरबाङ प्राथमिक स्वास्थ्य केन्द्र म्याग्दी
५५. जीना केसी, स्टाफ नर्स शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
५६. देउकुमारी राई, हेल्थ असिस्टेन्ट फेदाप अस्पताल तेह्रथुम
५७. सीता खाती, सिअहेव स्वास्थ्य चौकी खानीगाउँ पाल्पा
५८. दुर्गा लामिछाने, अनमी स्वास्थ्य बीमा बोर्ड काठमाडौँ

नेपाल सेवा प्रवीण
५९. डा. विश्वराज दवाडी, स्वास्थ्य सेवी
६०. डा. निमेश पौडेल, चिकित्सक
६१. डा. मराज आलम अन्सारी, चिकित्सक कैलाली
६२. डा. दिलजान मंसुर, बारा
६३. डा. श्याम सुन्दर यादव, स्वास्थ्य सेवी
अति पौरख भास्कर
६४. डा. अजयराज भण्डारी , प्राविधिक महासेनानी वीरेन्द्र अस्पताल छाउनी


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!