कोभिडः असारमा दैनिक संक्रमण दर १० गुणा बढ्यो

सक्रिय संक्रमित को संख्या १४ गुणा बढयो


काठमाडौँ— असार महिना भरीमा कोभिडको दैनिक संक्रमण दर १०.३३ गुणा र सक्रिय संक्रमित को संख्या १४.२७ गुणाले बृद्धि भएको छ । असार १ गते कोभिडको दैनिक संक्रमण दर ०.६४ प्रतिसत रहेकोमा असार ३२ गते शनिवार ६.६३ प्रतिशत पुगेको छ । यस्तै सक्रिय संक्रमितको संख्या असार १ गते ९७ जना रहेकोमा असार ३२ गते १ हजार ३ सय ८५ पुगेको हो ।
शनिवार पछिल्लो २४ घण्टामा ३ हजार पीसीआर र एन्टिजेन परीक्षणमा २ सय ५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले १ हजार १सय ९९ पीसीआर परीक्षणमा १सय ५२ र १ हजार ८सय ९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ९सय ६३ रहेको छ । काठमाडौमा ८सय ५०, भक्तपुरमा २६ र ललितपुरमा ९२ जना सक्रिय संक्रमित छन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!