डा थोमस बर्कले ले सय थान ‘युटेरिन बेलुन ट्याम्पोनेड’ दिए


काठमाडौ – नेपाल सोसाइटी अफ ओब्स्टेट्रिशियन्स एन्ड गायनोकोलोजिस्ट (नेसोग ) लाई म्यासाचुसेट्स जनरल हस्पिटल (एमजीएच) र हार्वर्ड युनिभर्सिटीका डा थोमस बर्कले एक सय थान  ‘युटेरिन बेलुन ट्याम्पोनेड,’ दान गरेका छन् ।

प्रसुति पछि  रक्तस्रावमा प्रयोग गरीने उक्त ‘युटेरिन बेलुन ट्याम्पोनेड,’आइतवार एक कार्यक्रम विच नेसोगले वितरण गरेकोहो ।

नेसोग को ‘प्रसुती पछि रक्तश्राव’ पहलसँग सम्बद्ध प्रमुख अस्पतालहरूमा उक्त ट्याम्पोनेड वितरण गरिएको छ।

यस अन्तर्गत परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, धुलिखेल अस्पताल, काठमाडौं मोडेल अस्पताल, किष्ट मेडिकल कलेज, त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर अस्पताल लगायतले नेसोगसँग मिलेर काम गरिरहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!