सिक्कल सेल ९९.९ प्रतिसत थारु र राजवंशी समुदायमा


काठमाडौं – मुलुकमा सिक्कल सेल एनिमिया ९९.९ प्रतिसत थारु र  राजवंशी समुदायमा देखिएको छ ।

नेप्लिज सोसाईटी अफ अर्गान ट्रान्स्प्लान्टेसनको निरन्तर चिकित्सा शिक्षा ( सिएमई) सम्बन्धी कार्यक्रम मा रक्तरोग विशेषज्ञ डा विशेष शर्मा पौडेलले उक्त कुरा वताएका हुन ।

सिक्कल सेल मुख्य रूपमा थारु र  राजवंशी समुदाय वाहेक एकजना ‘कुवर ‘, थर भएका र अर्का ‘ढकाल’ थर भएका मा पनि देखिएको डा. पौडेलले जनाए ।

रगतमा पाइने रातो  रक्त कणिकाको आकार गोलाकार वाट परिवर्तन भई हसिया जस्तै आकारमा रुपान्तरण हुने रक्त अल्पता सम्बन्धी रोगलाई सिकल सेल एनिमिया भनिन्छ ।

सिक्कलसेलका  बिरामीहरुको गोलाकार रक्तकणिका छिटोछिटो नष्ट भएर रगतको  सञ्चारमा अवरोध उत्पन्न हुन्छ ।

यसले विरामीको रगतमा अक्सिजन कम भएर शरिरका विभिन्न भित्री अंगहरुमा नोक्सानी पुग्नुका साथै मस्तिष्कमा स्ट्रोक, शरिरमा दुखाइ, अन्य रोगहरुको संक्रमण, जण्डिसको जस्तो लक्षण देखिन सक्छ ।

यस्तै पत्थरी, फोक्सोमा रुकावट, मृगौलामा खराबी, लिंग उत्तेजित हुँदा पिडा हुने, फियो वा कलेजोमा रक्त सञ्चार रुकावट आदि जस्ता बिभिन्न रोगका लक्षणहरु देखा पर्दछ ।

विज्ञहरुको अनुसार सिक्कल सेल शरिरले औलो रोगको महामारी संग जुध्ने क्षमता विकास गर्ने क्रममा मानव जीनमा उत्परिवर्तन हुँदा देखापरेको समस्या हो ।

उक्त सिएमइमा डा. सुरेश महर्जन ले मृगौला प्रत्यारोपण को विविध पक्ष वारे जानकारी दिएका थिए ।

नेप्लिज सोसाईटी अफ अर्गान ट्रान्स्प्लान्टेसनका अध्यक्ष एबं शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र का निर्देशक,  मृगौला र कलेजो प्रत्यारोपण विशेषज्ञ डा. पुकार चन्द्र श्रेष्ठले अगामी दिनमा चिकित्सा जमात का विच वैज्ञानिक छलफल र जानकारी आदान प्रदान गर्ने सिएमई लाई थप विविधता सहित गति प्रदान गर्ने बताए ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!