न्युरोसर्जन डा. राजीव झालाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार


काठमाडौं – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स),  बिर अस्पतालका न्युरो सर्जरी विभागका प्राध्यापक एवं प्रमुख डा. राजीव झालाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०७९ द्वारा सम्मानित गरिएको छ ।

विज्ञान दिवसको अवसर पारेर शनिबार बीपी प्लानेटोरियम एन्ड अब्जर्भेटरीमा आयोजित कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त पुरस्कार प्रदान गरे ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनको स्वास्थ्य विधामा उल्लेखनीय योगदान पुर्याए बापत डा. झालाई पुरस्कृत गरिएको हो ।

न्युरो सर्जरीमा एमसिएच गरेका डा. झा अमेरिकन एसोसिएसन अफ न्यूरोलोजिकल सर्जनका सदस्य हुन भने युरोपियन एसोसिएसन अफ न्यूरो सर्जिकल सोसाइटी का आजीवन सदस्य समेत हुन ।

उनी सन २०२२ मा इन्टरनेशनल फेलो अफ अमेरिकन एसोसिएसन अफ न्युरोलजिकल सर्जन र फेलो अफ रोयल कलेज अफ सर्जन ( एफआरसिएस ) समेत हुन ।

डा.झाको विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मेडीकल जर्नलहरूमा अध्ययन  अनुसन्धान पत्रहरु प्रकाशित भएको छ ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!