एन्टीवायोटिकले काम नगर्दा वर्षेनी १२ लाख ७० हजारको मृत्यु / विरामीलाई हानि हुनुको मुख्य कारण अनुपयुक्त र ढिलो निदान


काठमाडौं – विश्वमा प्रति वर्ष १२ लाख ७० हजार मानिसहरुको मृत्यु प्रति जैविक प्रतिरोध अर्थात एन्टिवायोटिक औषधिले काम नगर्दा हुदै आएको छ । विरामीलाई हानि हुनुको मुख्य कारण अनुपयुक्त र ढिलो निदानले गर्दा हो ।

त्यसैले औषधि प्रयोग सम्बन्धि त्रुटिहरू रोक्न र जथाभावी औषधि प्रयोग संग सम्बन्धित हानि कम गर्ने प्रयासहरूमा मुख्य सरोकारवालाहरू र साझेदार हरूलाई संग संगै अगाडी बढाउन विश्व भरी नै सेप्टेम्बर १७ तारीखमा विश्व विरामी सुरक्षा दिवस मनाइन्छ ।

औषधीको अबाञ्छित असरहरुबाट बच्न र औषधिको सहि सेवनको लागि स्वास्थ्यकर्मी र विरामी दुवैको उत्तिकै भुमिका हुन्छ ।

नेपालले पनि विगत वर्षहरु देखि विभिन्न नाराहरु सहित देशैभरि विश्व विरामी सुरक्षा दिवस मनाउदै आईएकोछ ।

स्वास्थ्यकर्मीले औषधि दिनुभन्दा अघि  पालना गर्नु पर्ने कुरा हरु
१. आफूले बिरामीलाई दिने औषधिको बारे विस्तृत रुपमा थाहा पाउनुहोस् ।
२. सो औषधि सेवन गर्न किन जरुरी छ भनेर बिरामीलाई बुझाउनुहोस् ।
३. बिरामीले सही औषधि, मात्रा, तरिका र समयमा प्रयोग गर्नेबारे बुझ्नु भएको वा नभएको एकिन गर्नुहोस् । ४.औषधिको सम्भावित ‘साईड इफेक्ट’ बारे बिरामीलाई सुचित गर्नुहोस् ।

यस्तै विरामीहरुले औषधी लिनु भन्दा पहिले  सचेत रहनु पर्ने कुरा हरु
१. आफ्नो औषधि बारे जानकार रहनुहोस् ।
२. औषधिको सेवन गर्ने तरिका, मात्रा र समय तालिका जस्ता कुरा राम्रोसँग बुझ्नुहोस् ।
३. कुनै कुरामा द्विविधा भए तत्काल सोध्नुहोस् ।
४. चिकित्सकको सल्लाह अनुसार मात्र औषधिको सेवन गर्नुहोस् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : nepalhealthpress@gmail.com

प्रतिक्रिया दिनुहोस

error: Content is protected !!