विश्व योग दिवस

योगलाई जीवनशैली बनाउन प्रधानमन्त्रीको आह्वान


ललितपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक र बहुआयामिक अभ्यास भएको उल्लेख गर्दै यसलाई दैनिक जीवनशैलीको हिस्सा बनाउन सबैमा आह्वान गरेका छन।

‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको ११औं विश्व योग दिवस २०२५ को ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले योगले व्यक्तिगत कल्याण मात्र नभई विश्व शान्ति र समृद्ध नेपाल निर्माणमा पनि योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

प्रधानमन्त्रीले योगका आठ अङ्गहरू मध्ये योग अनुशासनमा विशेष जोड दिँदै भने , ‘आज नेपाली समाज अनुशासनको अभावमा पीडित छ। अनुशासनविना ध्यान सम्भव छैन। योगको सार नै स्थिरता र विवेक हो। केवल जिममा गएर मांसपेशी बनाउनु योग होइन।’

प्रधानमन्त्री ओलीले योग, खानपान र आराम बीचको सन्तुलनले मात्र आरोग्य जीवन सम्भव हुने बताउँदै,भने- ‘स्वास्थ्यका लागि विषादी रहित खाना आवश्यक छ। डाक्टर र अस्पतालको आवश्यकता त छ तर अझ जरुरी रोगीहरूको संख्या घटाउनु हो। म प्रधानमन्त्री भएदेखि नै ‘निरोगी नेपाल’ अभियान अगाडि सारेको छु, जसको अर्थ रोग लाग्नै नदिने हो।’

शान्ति र अहिंसाको सन्देश दिँदै प्रधानमन्त्री ओलीले भने, ‘आजको विश्वलाई हतियार होइन, अहिंसा र शान्तिको खाँचो छ। योग केवल शरीरको व्यायाम होइन, यो आत्मा, मन र समाज सँगको सम्बन्ध पनि हो।’


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!