कुष्ठरोग निवारणमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपाल निर्माणका लागि कुष्ठरोग उन्मूलनलाई अझ प्रभावकारी रूपमा अघि बढाउन आवश्यक रहेको बताएका छन्।
‘नेपाल कुष्ठरोग सम्मेलन’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रति १० हजारमा एक भन्दा कम कुष्ठरोगी हुनु सकारात्मक प्रगति भए तापनि रोग पूर्ण रूपमा अन्त्य नभए सम्म सन्तुष्टि नहुने स्पष्ट गरे। प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयसँग मिलेर यो अभियानलाई अझ व्यापक र सशक्त बनाउन आग्रह गरे।
प्रधानमन्त्री ओलीले जनस्वास्थ्यको सन्दर्भमा सन्तुलित आहार, स्वच्छ जीवनशैली र नियमित उपचारको महत्त्वलाई जोड दिँदै कुष्ठरोग जस्ता सङ्क्रामक रोगहरू प्रति सामाजिक चेतना बढाउनु पर्ने बताए। ‘रोग लागेपछि लुकाउने होइन, उपचारमा जानु जरुरी छ,’ उनलेे भने।
त्यसै अवसरमा उनले विगतमा पञ्चायत शासनकालमा भोगेको यातना र त्यसले स्वास्थ्यमा पारेको असरलाई पनि स्मरण गरे।
प्रधानमन्त्रीले कुष्ठरोगीहरू प्रति समाजमा देखिने विभेद र हेयभाव हटाउन कानुनी सुधार र सामाजिक अभियानलाई सँग सँगै लैजानु पर्नेमा जोड दिए। साथै, सञ्चार माध्यम र प्रविधिको प्रयोग मार्फत जनचेतना अभिवृद्धिका लागि स्वास्थ्य मन्त्रालयलाई सक्रिय भूमिका खेल्न निर्देशन पनि दिए।
प्रतिक्रिया दिनुहोस