मिर्गौला उपचारमा अघि बढ्दै नेपाल,विश्वमै सबैभन्दा सस्तोमा स्वास्थ्य सेवा प्रदान गर्ने देश मध्ये एक: प्रधानमन्त्री ओली

दुईपटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली दिनहु १८ घण्टा काम गर्छन्।


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले मिर्गौला उपचारमा महत्वपूर्ण प्रगति गरिरहेको बताउँदै, विश्वमै सबैभन्दा सस्तोमा स्वास्थ्य सेवा प्रदान गर्ने देश मध्ये एक रहेको बताए ।

नेपाल सोसाइटी अफ नेफ्रोलोजीको पाँचौं सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरिबी निवारणका साथै स्वास्थ्य जनचेतना विस्तार गरी निरोगी नेपाल अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिए । उक्त सम्मेलनको विषयवस्तु ‘गुणस्तरीय नेफ्रोलोजी हेरचाह पहुँचमा समानता’, रहेको छ ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिगत अनुभव साझा गर्दै, पहिलो प्रत्यारोपण नेपालमा सुविधा नहुँदा भारतमा गराउनु परेको तर दोस्रो प्रत्यारोपण नेपालमै सफलतापूर्वक सम्पन्न गर्दा गर्व महसुस भएको बताए । प्रधानमन्त्री ओलीले आफू दिनहु १८ घण्टा काम गर्ने गरेको समेत बताए।

ओली ले सम्मेलनबाट प्राप्त निष्कर्षहरू नीति निर्माण मा सहायक बन्ने उल्लेख गर्दै, मिर्गौला रोग विशेषज्ञ हरूसँग सरकार सधैं सहकार्य गर्न तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा नेपाल सोसाइटी अफ नेफ्रोलोजीका अध्यक्ष प्रा. डा. दिव्या सिंह शाहले दक्षिण एसियामा मिर्गौला रोगको समस्या र समाधानका उपायबारे प्रस्तुति दिदै  नेपाल मा मृगौला दाता ७० प्रतिशत महिला रहेको बताइन ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!