काठमाडौंमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु सिन्धुपालचोक


काठमाडौं–काठमाडौंमा बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु सिन्धुपालचोकको माझीटार क्षेत्र रहेको छ। ४.८ म्याग्निच्युडको यो भूकम्पले काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा हल्का धक्का दिएको हो।

यसअघि, मङ्गलवार (पुस १६ गते) बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको कारण मानवीय वा भौतिक क्षति भने अहिलेसम्म रिपोर्ट गरिएको छैन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!