सरीसृप विज्ञान र सार्वजनिक स्वास्थ्य

‘प्रा.डा. संजिव कुमार शर्माले भने : नेपालमा पाइने सर्पको विस्तृत विवरण आवश्यक, यसले उपचार थप सटीक हुने’


काठमाडौं– विशेषज्ञहरू ले मुलुकमा पाइने सर्पको विस्तृत विवरण टोकाइको उपचार प्रकृया लगायतका लागि अत्यन्त आवश्यक रहेको बताएका छन् । यसको लागि कृत्रिम बुद्धिमत्ताको उपयोग समेत आवश्यक छ ।

राजधानीमा हर्पेटोलोजी (सरीसृप विज्ञान) र सार्वजनिक स्वास्थ्य सम्बन्धी बुधवार देखि शुरु भएको दुई दिने विशेषज्ञ भेला र कार्यशाला मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रेक्टर प्रा.डा.संजिव कुमार शर्माले उपचार प्रकृया लगायतका लागि मुलुकमा पाइने सर्पको विस्तृत विवरण आवश्यक रहेको बताएका छन ।

‘आर्टिफिसिएल इन्टेलिजेन्सी को सहयोगले मुलुकमा पाइने सर्पको पहिचान गर्न सकिन्छ’, प्रा.डा.शर्माले भने–‘यसले सर्पको टोकाई वाट पीडितले थप राम्रा उपचार पाउने छन् ।’

प्रा.डा. शर्माको अनुसार मुलुकमा पाइने कुनै सर्पहरूको पहिचानको लागि कृत्रिम बुद्धिमत्ता मा आधारित कुनै मोबाइल एप वा यस्तै केही बनाइए यसले सर्प दंश पीडित भएर अस्पतालमा आउने हरुले उपयुक्त र सन्तुलित उपचार पाउने थप सुनिश्चितता हुने छ।

सर्पको वास्तविक प्रजातिको पहिचानले टोकाई वाट पीडित बिरामीको उपचार प्रकृयामा थप सुधार हुनुको साथै ज्यान जोगाउन समेत प्रभावकारी हुने विज्ञहरूले औँल्याए ।

‘कोही न्युरो टक्सिसिटी (स्नायु विषाक्तता) को लक्षण सहित आउँछन् भने, यदि हामी यो सामान्य करेत सर्प होइन फरक प्रजातिको करेत सर्प हो भने जान्छौ भने चिन्तत हुन्छौ की यो करेत विष लाई एन्टिभेनमले प्रतिकृया (रेस्पोन्स) गर्दैन’, प्रा.डा.शर्माले अगाडि थपे–‘हामी यस्तो बिरामी लाई कृत्रिम स्वास प्रश्वास (भेन्टिलेटर) को सुविधा उपलब्ध रहेको स्वास्थ्य केन्द्रमा पठाउने छौ । कृत्रिम स्वास प्रश्वास को सहयोगले त्यो बिरामी विषले गर्दा मृत्यु वरण गर्दैन ।’

सर्पको प्रजातिको वास्तविक पहिचानले टोकाई पीडितको उपचारमा थप मद्दत गर्न सक्ने औँल्याउँदै प्रा.डा.शर्माले विभिन्न उदाहरणहरू समेत प्रस्तुत गरे ।

‘यदि कोई कगुलेसन विकार को समस्या लिएर उपचारको लागि आउँछन्, यदि हामी जान्छौं की यो पिट भाइपर अथवा रसेल भाइपर हो भने हामी फरक उपचार गर्न सक्छौ । एन्टिभेनम दिने वा नदिने । किनभने पिट भाइपरको विरुद्ध नेपालमा एन्टिभेनम उपलब्ध छैन ।’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जेनेभा विश्वविद्यालय सहित विभिन्न सरकार र गैर सरकारी संस्थाको आयोजनामा जारी दुई दिने कार्यशालामा सर्प टोकाई को समस्या वाट पीडित स्थानीय स्वास्थ्य व्यवसायी र सरीसृप विशेषज्ञ हरू एक ठाउँ मा जम्मा भएर यो क्षेत्रको विभिन्न समस्या मा विचार विमर्श गर्दै छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!