शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

जग्गा उपलब्ध हुने वितिकै ६ महिनामा सरकारी सहयोग बिना ३०० बेडको अस्पताल सञ्चालन


भक्तपुर– शहीद धर्म भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले केन्द्र लाइ जग्गा उपलब्ध हुने वितिकै सरकार सँग कुनै सहयोग नलिएर ६ महिना भित्र ३०० वेडको प्रिफैव संरचनामा अस्पताल सञ्चालन गरिने बताएका छन ।

विश्व अंगदान दिवस को अवसरमा प्रत्यारोपण केन्द्रमा मंगल वार आयोजित विशेष कार्यक्रममा डा.पुकारले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा उक्त कुरा जनाएका हुन ।

स्वास्थ्य मन्त्रीले सूर्यविनायकमा केन्द्र लाई जग्गा उपलब्ध गराउने घोषणा गरे पछि हौसिएका डा.पुकारले भने–‘अस्थायी संरचना हामी आफै बनाउँछौं, प्रतिष्ठानको रूपमा विकसित गरियो भने सबै भन्दा गुणस्तरिय डायलासिस, प्रत्यारोपण यही हुन्छ, सँगै सात वटै प्रदेशमा यसको विस्तार समेत हुन्छ ।’

उनले ५०० सय बेडको प्रत्यारोपण केन्द्र को माध्यमले सात वटै प्रदेशमा त्यही वाट प्रत्यारोपण सेवा दिन सकिने बताए । यसले बिरामीहरू आफ्नो घर छेउ मै जटिल प्रत्यारोपण लगायतका सेवा पाउने  लगायत यो सँग सम्वन्धित दक्ष जनशक्ति उत्पादन समेत मुलुक मै हुने बताए।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!