बिरामी हुनुको कारण कसरी थाहा पाइन्छ?


हामी सबै को शरीर मा वेला बखत विभिन्न समस्या आउने गरेको छ । यस्ता समस्याहरू लाई आम बोलचालको भाषामा हामी रोग लागेको भन्ने गरेका छौं । रोग अर्थात् हाम्रो शरीरले सामान्य रूपमा गर्नु पर्ने प्रकृया, प्रतिक्रिया, व्यवहार भन्दा फरक तर्फ जाने अवस्था । चिकित्सक वा चिकित्साकर्मीहरुले यी रोग लाई पहिचान गर्न विभिन्न प्रकारको जाँच र निदान प्रकृया उपयोग गर्छन् ।

सबै भन्दा पहिले बिरामी हुने कारण पत्ता लगाउन व्यक्ति विशेषमा देखिने विभिन्न लक्षणहरूको आकलन गरिन्छ । यस्तै शारीरिक परीक्षण समेत रोग बारे जान्ने एउटा सशक्त माध्यम हो । यसको लागि चिकित्सा कर्मीले बिरामीको शारीरिक परीक्षण गरेर रोगको सङ्केतहरूको सूक्ष्म जाँच गर्छन् ।

रोग पहिचान गर्न प्रयोगशाला परीक्षण अन्तर्गत रगत, पिसाब लगायत अन्य बायो मार्करको परीक्षण आदि गरिन्छ । यति मात्र नभइ इमेजिङ्ग परीक्षण अन्तर्गत एक्स-रे, एमआरआइ, सिटी स्क्यान, लगायतका माध्यमले शरीरको विभिन्न भागको जाँच गरेर रोगको कारण खोज्ने प्रयास गरिन्छ ।

यस्तै शरीरमा भएको कुनै सन्दिग्ध तन्तु को नमुना लिएर त्यसको माइक्रोस्कोपिक जाँच अर्थात् बायोप्सीले समेत रोगको निदान गर्न सघाउँछ । रोग पहिचान अर्थात् डायग्नोसिस सही भएन भने बिरामी निको नहुने वा जटिलता थपिने र अन्ततः दीर्घ रोगको शिकार लगायतका ज्यान जाने जोखिम हुनेगर्छ।

सङ्क्रामक वा नसर्ने रोगको कारण रोगको कारक तत्वहरूले गर्दा हुने गर्दछ । यी कारक तत्त्वहरूमा नसर्ने रोगमा शरीरको आफ्नै वंशानुगत (जेनेटिक) तत्वमा खराबी र सङ्क्रामक रोगमा विषाणु, किटानु, परजीवी, लगायत अन्य हुन । रोगको प्रारम्भिक पहिचान रोगको कारक तत्वको आधारमा गरिन्छ । अथवा प्रारम्भिक चरणमा पता नलागे बिरामीमा देखिने लक्षणहरूको आधारमा गरिन्छ ।

सामान्यतया शुरुको वा प्रारम्भिक कारण अथवा रोग शुरु हुनु भन्दा अघि नै विभिन्न चरणमा रोगको कारकहरूलाई जाँच गरेर बिरामी हुनुको कारण पत्ता लगाउन सकिन्छ ।

रोगको प्राकृतिक प्रक्रियाका विभिन्न चरणहरूमा रोग पता लगाउने विभिन्न पदार्थहरू वा सूचकहरूको निर्माण हुन्छ । ती सूचकहरूको जाँच गरेर रोग पता लगाइन्छ ।

क) पहिलो चरणमा वंशानुगत कारणहरू जस्तै डीएनए का कुनै निश्चित भाग वा सानो डीएनए मा परिवर्तन हुने अर्थात् डीएनए को जाँच वा जिन सिक्वेन्स गरेर हुन्छ । यसको लागि मोलिक्युलर /बायोकेमिकल जाँच गर्न सकिन्छ ।

ख) दोस्रो चरणमा जिनबाट निर्माण हुने बीचको तत्व जस्तै आरएनए को जाँच वा जिन सिक्वेन्स गरेर हुन्छ यसको लागि मोलिकुलर/ बायोकेमिकल जाँच गर्न सकिन्छ ।

ग) तेस्रो चरणमा उत्पन्न हुने समान्य तर थोरै वा धेरै मात्रामा वा असामान्य प्रोटिनको मात्राको जाँच गरेर हुन्छ । यसको लागि बायोकेमिकल जाँच गर्न सकिन्छ ।

घ) चौथो चरणमा पहिलो, दोस्रो, तेस्रो चरण पार गरिसके पछि ती सबैको सम्मिश्रणबाट शरीरको कोशीका अर्थात् सेलमा देखिने खराबीको जाँच का साथ साथै रोग प्रति शरीरले प्रतिरोध गर्ने तत्व अर्थात् प्रोटिन (आइजी)का  वा जी प्रकार जाँच वा त्यस बेला उत्पन्न केही अन्य कोषिकाबाट उत्पन्न प्रोटिन वा अन्य मार्करको जाँच गरिन्छ ।

ङ) पाचौ चरणमा कोशिका हरुको समूह अर्थात् तन्तु मा देखिने खराबीको जाँच वा तन्तुबाट निस्कने प्रोटिन वा अन्य मार्करको जाँच गरिन्छ । यसको लागि मोलिक्युलर/ बायोकेमिकल/हिस्टो प्याथो लोजीकल जाँच गर्न सकिन्छ ।

च) छैठो चरणमा कोशीका र कोशिकाहरुको समूह अर्थात् तन्तु मा देखिने खराबीको कारणले अंग वा शरीरमा देखिने स्वास्थ्य विज्ञान सम्बन्धी (फिजिओलोजिकल) वा रोग विज्ञान सम्बन्धी (प्याथोलोजिकल) प्रभावको कारणले उत्पन्न लक्षण वा लक्षणहरूको समूहबाट रोगीलाई हुने पीडा वा भोगाइको आधारमा चिकित्सकले गर्ने गर्दछ । र अन्य चरणको सूचकको जाँच को आधार र बिरामीको जाँच को आधारमा क्लिनिसियन (डाक्टर) ले गर्ने गर्दछन् सामान्यतया पहिलो देखि चौथो चरण सम्म कुनै लक्षणहरू देखा पर्दैन ।

पाचौ चरण अर्थात तन्तुमा खराबी देखा परे पछि दुखाइ वा पीडा महसुल हुन्छ । रोगको अन्तिम पहिचान (फाइनल डायग्नोसिस) मूलतः रोगको लक्षणको आधारमा क्लिनिसियन (डाक्टर) र कारक तत्त्वको आधारमा रेडियोलोजिकल र प्याथोलोजिकल को सम्मिश्रण गरी रोगको अन्तिम डायग्नोसिस अर्थात् पहिचान हुन्छ ।

नसर्ने रोगको लक्षण कुरेर बस्नु भन्दा वर्षेनी एक वा दुई पटक आफ्नो शारीरिक अवस्था, उमेर वा वंशानुगत कारकहरू लाई ध्यान दिदै एक पटक जाँच गराएर चिकित्सकको सल्लाह लिनु सबै भन्दा उपयुक्त हुन्छ । (डा.मिश्र मधेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरका निर्देशक हुन )


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!