नर्सिङ परिषद्को निमित्त रजिष्ट्रार मा सकुन्तला प्रजापति


काठमाडौ —सकुन्तला प्रजापति, नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा नियुक्त भएकी छन् ।

स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रजापति लाई निमित्त रजिष्ट्रारको जिम्मेवारी दिएका हुन् ।

परिषद्की अध्यक्ष प्रा. सरला केसीले रजिष्ट्रार नियुक्त नभए सम्मका लागि प्रजापतिलाई जिम्मेवारी दिएको बताइन् ।केसी को अनुसार मन्त्रिपरिषद्ले रजिष्ट्रार नियुक्तको लागि निर्णय गरिसकेको छैन । हाल निमित्त रजिष्ट्रार तोकिएको हो ।

यसअघि रजिष्ट्रार ब्रिन्दा घिमिरेको चार वर्षे कार्यकाल गत साउन २० गते सकिए पछि परिषद्का कामहरू प्रभावित भएको थियो ।

नर्सिङ परिषद्ले गत साउन २२ गते सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरूलाई जारी गर्ने प्रमाणपत्र, नवीकरण, प्रतिलिपि, प्रमाणीकरण लगायत का सेवाहरू विशेष कारण वस उपलब्ध गराउन नसकिने जनाएको थियो । हाल निमित्त रजिष्ट्रार तोकिएपछि यी कामहरू सुरु हुने भएका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!