सतावरी अर्थात कुरिलो सेवन सुत्केरीमा दूध बढाउन सहायक

आयुर्वेदका उपायले स्तनपानलाई थप सहज बनाउँछ


चितवनआयुर्वेदका विशेषज्ञहरुले सुत्केरीले सतावरी अर्थात कुरिलो सेवन गरे शिशुलाई स्तनपान अन्तर्गत पर्याप्त दुध पाइने बताए  

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्न नगरद्वारा विश्व स्तनपान साता अन्तर्गत शुक्रवार आयोजित सुत्केरीलाई प्रशिक्षण कार्यक्रममा उक्त कुरा बताइएको हो  विशेषज्ञहरूले आयुर्वेदका उपायहरू अपनाएर स्तनपानलाई थप सहज सरल बनाउने बारे  सुत्केरीलाई प्रशिक्षण दिइएका हुन  

घर छेउ मै पाइने समाजमा वर्षौ देखी उपयोग गरिदै आइएको उपाय, व्यायाम जडीबुटी, सागसब्जी, खाने कुरा आदिको सहयोगले स्तनपानलाई थप प्रभावकारी बनाउन सकिने समेत विज्ञहरूले बताए  

हाम्रै घर छेउमा पाइने शताब्दीयौँ देखी उपयोग गर्ने सतावरी अर्थात कुरिलो सेवन गर्ने महिलामा प्रोलेक्टिन हर्मोन को मात्रा बढी हुन्छ जो दूध बढाउन सहायक हुन्छ’,आयुर्वेद स्वास्थ्य केन्द्र की प्रमुख  डा.कोपिला अधिकारीले नेपालहेल्थप्रेसडटकम लाइ भनिन–‘ चिकित्सा सम्बन्धी अनुसन्धानमा देखिए अनुसार सतावरीले स्तन दुधको मात्रा ३३ प्रतिशत सम्म बढाउँछ

यो सतावरीले सुत्केरीमा दूध निर्माण गर्नै प्रकृयालाई तिव्र  गर्छ सँगै यसमा भएको एन्टि अक्सिडेन्ट लगायतकाले दुघलाइ प्राकृतिक रूपले निर्माण हुन सघाउँछ  

डा.अधिकारीका अनुसार शिशुलाई जन्म देखी महिना सम्म मात्र आमाको दुघ सेवन गराउनुले भविष्यमा उनिहरुलाइ निरोगी हृष्ट पुष्ट संगै शिति मित ससाना संक्रमण आदिले छुने वनाउछ  

गाउमा सुत्केरीलाई स्तनपान गराउन अप्ठ्यारो हुँदा अझै पनि हजुर आमाहरूले बताउने उपाय हरू मध्ये धेरै जसो विज्ञान सम्मत प्रभावकारी रहने गरेको समेत उनले जनाइन  

आयुर्वेदमा शिशुलाई स्तनपानको बानी लगाउन, आमाको दूधको स्राव राम्रो बनाउन को लागि पारम्परिक उत्पादनको उपयोगको माध्यमले धेरै जसो  समस्या सँग जुध्न थुप्रै विशिष्ट उपायहरू  

डा.अधिकारीले सरकारी कार्यालय, विद्यालय, सार्वजनिक स्थल, कारखाना आदिमा महिला शिशु मैत्री स्तनपान कक्ष निर्माण गर्नु अत्यावश्यक रहेको समेत बताइन उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रका डा.देवेन्द्र यादव लगायत महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय निकाय पदाधिकारी, सुत्केरी महिला आदिको सहभागिता थियो  


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!