‘युवाहरूको यौन र प्रजनन स्वास्थ्य जानकारी र गुण स्तरीय स्वास्थ्य सेवामा पहुँच आवश्यक’

बृहत् यौनिकता शिक्षा सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न


काठमाडौं –मुलुकमा किशोर, किशोरी एवं युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी र गुण स्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने लगायतका पाँच बुँदे प्रतिबद्धता सहित बृहत् यौनिकता शिक्षा सम्बन्धी दुई दिने पहिलो राष्ट्रिय सम्मेलन बिहीवार सम्पन्न भएको छ ।

दिगो विकास लक्ष्यहरू हासिल गर्न बृहत् यौनिकता शिक्षा लाई अगाडि बढाउँदै भन्ने नारा सहित शिक्षा र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजना एवं संयुक्त राष्ट्र जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगायतका गैर सरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा करिब ३०० भन्दा बढी सरोकारवाला तथा युवाहरू को सहभागिता रहेको सम्मेलन सम्पन्न भएको हो ।

युवा हरूको यौन तथा प्रजनन स्वास्थ्य एवं अधिकार प्राप्त गर्न बृहत्तर यौनिकता शिक्षा महत्वपूर्ण रहेको जनाउँदै सम्मेलनमा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष का आवासीय प्रतिनिधि यङ्ग होङ्ग ले भनिन– ‘बृहत्तर यौनिकता शिक्षामा लगानी युवा उमेरको व्यक्तिहरूको एउटा पुस्तामा गरिने लगानी मात्र होइन, यसले सम्पूर्ण समाज अर्थतन्त्र का लागि सकारात्मक उपलब्धि समेत प्रदान गर्छ ।’

२००७ सालमा नेपाल परिवार नियोजन संघ ले एक्लो प्रयासमा बृहत् यौनिकता शिक्षा लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्ने पैरवी गरेको औँल्याउँदै परिवार नियोजन संघका अध्यक्ष हिमालय लाल कसजू ले हालको यो अवस्था सम्म यो विषयमा धेरै संघ संस्थाहरूले हातेमालो गर्दै संयुक्त रूपमा पैरवी गरिरहेको बताए । सम्मेलन ले देश भरी वाट आएका झन्डै ३ सय भन्दा बढी सहभागी लाई यौनिकता शिक्षा बारे धेरै जानकारी प्रदान गरेको समेत उनले उल्लेख गरे ।

शिक्षा मन्त्रालयका सहसचिव डा.कमल प्रसाद पोखरेलले वृहत् यौनिकता शिक्षा ले किशोर, युवाहरूलाई आफ्नो निर्णय आफै गर्ने , आफ्नो शरीर आफ्नो अधिकार बारे शिक्षित गरिरहेको जनाए ।

नेपाल परिवार नियोजन संघका कार्यकारी निर्देशक डा.नरेशप्रताप केसीले सम्मेलनले बृहत् यौनिकता शिक्षा को पहुँच लाई थप सशक्त पार्ने बताए । उनले सरोकारवालाहरू बिच यस विषयको बहस, पैरबी र छलफल ले अन्ततः किशोर, युवा समुह लाई प्रजनन अधिकार बारे थप शिक्षित पार्ने बताए ।

सम्मेलनमा युवाहरूको लागि उमेर उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार जस्ता मुद्दामा सहभागी, विज्ञ , विभिन्न निकाय बीच छलफल भएको थियो ।

यस्तै अल्पसंख्यक समुदायहरूको अधिकारको सुनिश्चितता, रूढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह , युवाहरूको विदेश पलायन, शान्ति, सुरक्षा, किशोर किशोरी तथा युवा मैत्री सेवा तथा वातावरण बारे समेत बृहत् छलफल र विचार विमर्श भएको हो ।

यति मात्र नभइ युवा लक्षित विभिन्न राष्ट्रिय नीति तथा त्यसको प्रभावकारी कार्यान्वयन, जस्ता धेरै महत्वपूर्ण मुद्दाहरूमा सम्मेलनका सहभागीहरूले छलफल गरेका थिए । युवाहरूकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्य दिशा तय गर्ने उद्देश्य अन्तर्गत सम्मेलन सम्पन्न भएको आयोजन संस्थाले जनाको छ । मुलुकमा कुल जनसङ्ख्याको ३८ प्रतिशत १९ वर्ष मुनी का वाल बालिका रहेका छन् ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!