पूर्ण र अति अपांगता भएका लाई स्वास्थ्य संस्थामा नि:शुल्क सेवा


काठमाडौँ – अब पूर्ण अशक्त अपांगता र अति अशक्त अपांगता भएका व्यक्तिले मुलुकमा निःशुल्क स्वास्थ्य सेवा पाउने भएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले ‘अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका २०७९’ सार्वजनिक गर्दै सो सरहका व्यक्तिले सेवा प्राप्त गर्न सेवा शुल्क, दर्ता शुल्क, निदानात्मक, उपचारात्मक सेवा वा अन्य कुनैमा शुल्क नलाग्ने जनाएको छ ।

निर्देशिकामा पूर्ण र अति अपांगता भएका यस्ता व्यत्तिहरूलाई स्वास्थ्य संस्था/स्थानीय तहले घरैमा वा समुदायमा गई सेवा दिनुपर्ने समेत उल्लेख गरिएको छ ।

निर्देशिका अनुसार अस्पतालमा रहेको सामाजिक सेवा एकाई स्थापना भएको स्वास्थ्य संस्थामा सोही एकाईलाई अपांगता सहयता कक्षको जिम्मेवारी समेत तोक्नुपर्ने उल्लेख छ ।

त्यस्तै सेवाग्राहीलाई सहज किसिमले सेवा प्रदान गर्न स्वास्थ्य संस्था तथा स्थानीय तहले अपांगता वर्गीकरण अनुसार सहयोगी वा सांकेतिक भाषाको दोभाषेको व्यवस्था गर्न सक्ने जनाइएको छ । यो कक्ष स्वास्थ्य निकायको मुख्य प्रवेश द्वारको दायाँपट्टि रहनुपर्छ ।

निर्देशिका असोज २३ गते मन्त्रिपरिषद्‌बाट जारी गरिएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!