मृत्यु भएका मध्ये ५८% मा पूर्ण रुपमा डेंगु संक्रमण / ४२%मा डेंगु संगै अन्य रोग पनि

हालसम्म डेगुले ४५ को मृत्यू, ३७ हजार १ सय ३१ जना संक्रमित


काठमाडौँ -मुलुकमा डेंगुले हाल सम्म ज्यान गुमाएका मध्ये ५८ प्रतिसतमा डेंगु संक्रमण थियो भने ४२ प्रतिसतमा डेंगु संगै अन्य रोग पनी रहेको थियो । डेंगुले ४५ जना को मत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल सम्म प्राप्त प्रारम्भिक तथ्याडक अनुसार डेंगुले ज्यान गुमाएका मध्ये  ५७.७७ प्रतिशत को मृत्युको कारक मात्र डेंगु संक्रमण नै हो ।

यस्तै डेंगुले मृत्यु भएकाहरु मध्ये १९जना अर्थात ४२.२२ प्रतिशतमा (कोमर्विडिटी ) अन्य रोग पनि थियो ।

यसपटक डेंगुले  मृत्यु हुने क्रम सुरु हुँदा सुरुमा युवा उमेर बढी देखिएका थिए । तर पछिल्लो पटक मृत्यु हुने हरुमा पाका उमेरका व्यक्तिको संख्या बढी रहेको डा.दहाल बताउछन ।

यो बर्ष ७७ जिल्लामा फैलिएको डेंगुले ३७ हजार १ सय ३१ जना संक्रमित भएका छन ।

नेपालमा ०६१ सालमा पहिलो पटक डेंगुका बिरामी देखिएका थिए । यस पछि यो संक्रमण निरन्तर देखी राखिएको छ ।

पछिल्लो पटक सन् २०१९ मा ६६ जिल्ला गरी १७ हजार ९ सय ९२ जनामा डेंगु संक्रमण देखिएको थियो भने ६ जना को मृत्यु समेत भएको थियो ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!