विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउन प्रधानमन्त्रीको कडा निर्देशन: ‘झण्डा बोक्ने भए पद छोड्नुस’
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देश भरका स्वास्थ्य शैक्षिक संस्था र विश्वविद्यालयहरूबाट दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन कडा निर्देशन दिएका छन। अस्पताल र स्वास्थ्य सम्बद्ध शिक्षण संस्था एवं विश्वविद्यालयमामा कुनै पनि राजनीतिक प्रभाव स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देश भरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग भएको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन। स्वास्थ्य तथा शैक्षिक संस्था एवं विश्वविद्यालय लाई राजनीति मुक्त बनाउन सरकार दृढ रहेको उनले बताए।
प्रधानमन्त्री शाहले अस्पताल, क्याम्पस र विद्यालय जस्ता संवेदनशील र पवित्र स्थानमा कुनै पनि दलको झण्डा, संगठन वा प्रभाव नराख्न निर्देशन दिँदै दलीय संरचना हटाउन कुनै ऐन बाधक नरहेको स्पष्ट पारे। ‘राजनीति गर्ने भए जिम्मेवारीबाट अलग भएर खुला रूपमा गर्नुपर्छ,’ उनले भने।
छलफलमा केही उपकुलपतिहरूले विद्यार्थी तथा कर्मचारी संगठनहरू हटाउने प्रयास भइरहेको जानकारी दिएका थिए। तर नेपाल संस्कृत विश्वविद्यालय का उपकुलपति प्रा. धनेश्वर नेपालले यस्ता संगठन हटाउने क्रममा धम्की र आक्रमणको सामना गर्नुपरेको गुनासो गरेका थिए।
यस प्रति प्रधानमन्त्री शाहले सुरक्षा चुनौती आए तुरुन्त सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्रीको सचिवालयलाई जानकारी दिन निर्देशन दिए। उनले सरकार सुरक्षा संयन्त्र मार्फत आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठन खारेज गर्न मन्त्रालयले पहिले नै निर्देशन दिइ सकेको र त्यसको कार्यान्वयनमा कानुनी अवरोध नरहेको बताए।
छलफलमा त्रिभुवन विश्वविद्यालय का उपकुलपति प्रा. दीपक अर्यालले पछिल्लो समय विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको जानकारी दिए। अन्य उपकुलपतिहरूले केही क्याम्पसमा अझै राजनीतिक प्रभाव रहेको भए पनि कडा प्रशासनबाट त्यसलाई नियन्त्रण गर्न सकिने बताएका छन।
प्रधानमन्त्री शाहले शैक्षिक अनुशासन कायम गर्न शैक्षिक क्यालेन्डर को पूर्ण पालना र परीक्षा नतिजा एक महिनाभित्र सार्वजनिक गर्न समेत निर्देशन दिएका छन।

प्रतिक्रिया दिनुहोस