सुगमबाट दुर्गम तर्फ १४ विशेषज्ञ डाक्टर फिर्ता: बालेन सरकारको स्वास्थ्य क्षेत्रमा कडा कदम (सूचीसहित)
काठमाडौं-सरकार गठन भएको पाँच दिनमै बालेन नेतृत्वले स्वास्थ्य क्षेत्रमा प्रभाव देखाएको छ। सुगममा ‘काज’ मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई आफ्नै दरबन्दी भएका अस्पतालमा फर्काउने निर्णय कार्यान्वयनमा आएको छ।
स्वास्थ्य मन्त्री निशा मेहताले नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई सम्बन्धित कार्यक्षेत्रमा फिर्ता पठाएकी छन्।मन्त्रालयका अनुसार दुर्गममा विशेषज्ञ सेवाको अभाव हटाउने, पहुँचका आधारमा हुने ‘काज’ प्रथा नियन्त्रण गर्ने र स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा उपचार उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो।
निर्णय अनुसार पहिलो चरणमा डडेल्धुरा, वीरगंज र सप्तरीका अस्पताललाई प्राथमिकता दिइएको छ। डडेल्धुरा अस्पतालमा ४, नारायणी अस्पताल वीरगंजमा ५ र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फिर्ता गरिएका छन। स्वास्थ्य मन्त्रालयले यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने जनाएको छ।
काज फिर्ता गरिएका चिकित्सकहरूको सूची
गजेन्द्र नारायण सिंह अस्पताल, सप्तरी
- डा. रोहिता बज्राचार्य (ईएनटी सर्जन)
- डा. जोसनलाल बज्राचार्य (एनेस्थेसियोलोजिस्ट)
- डा. विशाल कुमार देव (एनेस्थेसियोलोजिस्ट)
- डा. प्रकाश ढकाल (रेडियोलोजिस्ट)
- डा. सुशील समदर्शी (साइकेट्रिस्ट)
डडेल्धुरा अस्पताल, डडेल्धुरा
- डा. सन्तोष कुमार गुप्ता (मेडिकल सुपरिटेन्डेन्ट)
- डा. मिसन्ता शर्मा (डर्माटोलोजिस्ट)
- डा. नवीन चन्द भट्ट (कन्सल्टेन्ट सर्जन)
- डा. सुयोग्य बाग्ले (ईएनटी सर्जन)
नारायणी अस्पताल, पर्सा
- डा. सोनीका श्रेष्ठ (ईएनटी सर्जन)
- संजोग तिमिल्सिना (मेडिकल ल्याब टेक्नोलोजिस्ट)
- डा. अरुण ज्ञवाली (ग्यास्ट्रोएन्टेरोलोजिस्ट)
- डा. मुकेश पौडेल (ट्रपिकल मेडिसिन)
- डा. दिपेश भट्टराई (साइकियाट्रिस्ट)

प्रतिक्रिया दिनुहोस