ललितपुर–३ मा रास्वपाकी शल्य चिकित्सक डा. तोसिमा कार्की विजयी


काठमाडौँ – ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डा. तोसिमा कार्की विजयी भएकी छन। उनले ४३ हजार ९६ मत प्राप्त गर्दै स्पष्ट अग्रता सहित जित हात गरेकी हुन।

पेसाले शल्य चिकित्सक रहेकी डा. कार्कीले आफ्ना मुख्य प्रतिस्पर्धी भन्दा झण्डै पाँच गुणा बढी मत ल्याएकी छन । उनी यस अघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन।

यस निर्वाचनमा डा. कार्कीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ रहे। श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरेका छन। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार सन्दन थापा मगर ६ हजार २२ मत सहित तेस्रो स्थानमा रहेका छन।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!