लहानको सगरमाथा चौधरी आँखा अस्पताल अन्तर्राष्ट्रिय स्तरमा सम्मानित


लहान – सिरहाको लहान स्थित सगरमाथा चौधरी आँखा अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।

हङकङमा आयोजित ४१औँ ‘एशिया प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजी’ (एपिएओ) कंग्रेस २०२६ को विशेष समारोहमा अस्पताललाई आँखा स्वास्थ्यको क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो।

स्थापनाको ४३ औँ वर्षमा प्रवेश गरेको यस अस्पतालले एशिया प्रशान्त क्षेत्र कै ठूला र सफल आँखा स्वास्थ्य मोडलका रूपमा आफूलाई उभ्याउन सफल भएको छ। विशेष गरी विपन्न वर्गका बिरामीहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गरेको विषयलाई सम्मानको मुख्य आधार बनाइएको छ।

आँखा अस्पतालले स्थापनाकाल देखि हाल सम्म ९२ लाख भन्दा बढी बिरामीको उपचार गर्न सफल भएको छ। यसमा १५ लाख भन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गरिएको हो।

सन १९८३ मा एउटा सानो क्लिनिकको रूपमा सुरु भएको यस अस्पतालले चार दशकको यात्रामा विश्व कै उत्कृष्ट आँखा उपचार केन्द्र मध्ये एकको पहिचान बनाएको छ।

अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यो सम्मानले अस्पतालको ४३ वर्षको सेवा यात्रामा नयाँ ऐतिहासिक इँटा थपेको छ।

सम्मेलनमा सहभागी विशेषज्ञहरूले अस्पतालले अपनाएको सेवामुखी मोडल र उपचारको गुणस्तरको प्रशंसा गरेका थिए। यो उपलब्धिले नेपालको स्वास्थ्य सेवालाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!