‘झन्डै ६० प्रतिशत डाक्टर फेल’


काठमाडौँ – नेपाल मेडिकल काउन्सिल ले लिएको स्नातक तह को ७४औँ दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ।

माघ १३ र १४ गते सञ्चालन भएको उक्त परीक्षामा सहभागी कुल परीक्षार्थीमध्ये ३९.४५ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।

काउन्सिलले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार, मेडिकल र डेन्टल दुवैतर्फ गरी कुल ९६७ जना परीक्षार्थीले आवेदन भरेका थिए। जसमध्ये २४ जना परीक्षार्थी अनुपस्थित रहेका थिए भने ९४३ जना परीक्षामा प्रत्यक्ष सहभागी भएका थिए।

तथ्याङ्क अनुसार मेडिकल तर्फको तुलनामा डेन्टल तर्फको उत्तीर्ण प्रतिशत केही बढी देखिएको छ। मेडिकल तर्फ ३८.७१ प्रतिशत र डेन्टल तर्फ ४२.८६ प्रतिशत परीक्षार्थी सफल भएका छन्।

यस पटकको नतिजामा पनि ठुलो सङ्ख्यामा (५७१ जना) परीक्षार्थीहरू अनुत्तीर्ण भएका छन्, जसले चिकित्सा शिक्षाको गुणस्तर र विद्यार्थीहरूको तयारीका विषयमा पुनः बहस सिर्जना गरेको छ। काउन्सिलका अनुसार कुनै पनि परीक्षार्थीको नतिजा ‘विथहेल्ड’ गरिएको छैन।

परीक्षाको संक्षिप्त रिपोर्ट:


समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!